काठमाडौं। सरकारले सुकुम्वासीलाई काठमाडौंमा ६ आना जग्गा दिने निर्णय गरेकोमा वर्ल्ड नेवाः अर्गनाइजेसनले आपति तथा विरोध जनाएको छ। विश्वभर छरिएर रहेका नेवारहरुको छाता संगठन वर्ल्ड नेवाः अर्गनाइजेसनले नेपाल सरकारले सुकुम्वासी आयोग मार्फत सुकुम्वासीलाई जग्गा दिने निर्णय गरेकोप्रति आपति तथा विरोध जनाएको हो।

अर्गनाइजेसनको केन्द्रीय वैठकमा यस विषयमा छलफल गर्दै विश्वभरको साथमा नेपालमा पनि कोभिड–१९ को संक्रमण फैलिएर सबै लकडाउनमा बसिरहेको अवस्थामा सुकुम्वासी आयोग गठन गर्ने र जग्गा बाँड्ने निर्णय गर्नुमा सरकारको बदनियत प्रष्टिएको ठहर गरेको हो।

काठमाडौंका रैथानेलाई विस्थापित गर्दै सुकुम्वासीलाई जग्गा बाँड्ने कुरा नसच्याइए यस विरुद्ध आन्दोलनको थालनी गर्ने विषयमा समेत अर्गनाइजेसनको वैठकले छलफल गरेको छ।
काठमाडौं उपत्यकाका रैथानेलाई विस्थापित गर्ने कदम चालेमा नेपालका सबै संघसंस्थासँगै अर्गनाइजेसनले नेपाल सरकारलाई अन्तर्राष्ट्रिय कानून अन्तर्गत मुद्दा चलाउने निर्णय वैठकले गरेको अर्गनाइजेसनका अध्यक्ष सिजन श्रेष्ठले वताएका छन्।

अर्गनाइजेसनको अनलाईन वैठकमा नेपालको साथै अमेरिका, क्यानडा, बेलायत, इजरायल र विभिन्न यूरोपीय मूलुकमा रहेका कार्य समिति पदाधिकारी, सदस्यहरुको सहभागिता रहेको थियो।
प्रकाशन मिति–२०७७ साल बैशाख ३० गते मंगलवार ।