काठमाडौं। लकडाउनका कारण काठमाडौं उपत्यकामा अलपत्र परेकाहरुलाई भोलि शुक्रबार र पर्सि शनिबार उपत्यका बाहिर जान दिइने भएको छ।

रक्षामन्त्री ईश्वर पोखरेलको नेतृत्वमा बसेको बैठकले दुई दिन उपत्यका बाहिर जान दिने निर्णय गरेको हो । यो निर्णयले काठमाडौंमा अलपत्र परेकाहरुलाइ राहत हुने भएको छ। काठमाडौं उपत्यकामा अलपत्र परेकाहरु अव आफ्ना घर जान पाउने भएका हुन।

लामो दुरीको रुटमा सुरक्षाकर्मीले स्कटिङ गरेर लैजानेछ भने छोटो दुरीको हकमा कसरी लैजाने भने गृहमन्त्रालयले योजना बनाउँदैछ। वाहिरवाट भने, काठमाडौं उपत्यकामा आउन भने नपाइने भएको छ।
प्रकाशन मिति–२०७६ साल चैत २७ गते विहीवार ।