ललितपुर। आफू स्पाइनल ट्युमर रोगको कारण अशक्त भएतापनि सवैका लागि आत्मबल र आत्मउत्प्रेरणाका ऊर्जा बन्दैआएका स्वतन्त्र संसार महर्जन यो नामै यतिखेर नेपाली तथा नेपालभाषीहरुको लागि काफी छ।

फरक सोच र फरक काम गरेर अग्रपंक्तीमा देखिएका स्वतन्त्र संसार महर्जनको संसार निक्कै फराकिलो भैसकेको छ। नेपाली तथा नेपालभाषीहरु माझ पहिचान राखेर यतिखेर संसार क्रियसन्स र एम्स इन्टरटेन्टमेन्ट मार्फत विश्वव्यापी फैलिने कोशिशमा स्वतन्त्र संसार रहेका छन्।

यिनै स्वतन्त्र संसार महर्जन विश्वभर महामारीको रुपमा फैलिरहेको कोरोनाभाइरसको संक्रमण फैलिनवाट बच्न र बचाउन गरेको लकडाउनको कारण प्रभावित बनेका छन्। लकडाउनका कारण घरैमा बसेर सिर्जनशील कार्यमा व्यस्त रहेका स्वतन्त्र महर्जन आफू अशक्त भएतापनि सशक्त कार्य गर्न र गराउनमा नै रुचि राख्ने गर्दछन्।

लकडाउनको १७ दिनपुग्दा बढ्दो दाह्री–जुंगाको कटिङ पनि गरेका छन्। त्यो पनि वाहिर सैलुनमा गएर गरेको भने होइन। घरैमा आफूलाई भन्दा धेरै माया गर्ने पत्नी परमेश्वरी प्रेमा महर्जनले स्वतन्त्रको दाह्री काटिदिएर जुँगा चिरिच्याट्ट पारिदिएकी हुन।

पेशाले व्युटीसियन समेत रहेकी सामाजिक अभियन्ता प्रेमाले लकडाउनको यो समयमा घर–वरपरका साथी–संगीहरुको यसरी नै हेअर कटिङ तथा हेअर स्टाइल बनाउंदै आएको जानकारी उनले दिएकी छन्।
प्रकाशन मिति–२०७६ साल चैत २७ गते विहीवार ।