काठमाडौं । काठमाडौं उपत्यकाको तीन वटा जिल्ला प्रशासन कार्यालयले कोभिड–१९ को संक्रमण रोकथामका लागि लगाएका सबै प्रतिबन्ध आज शनिबारदेखि हटाइएको छ।

उपत्यकाको तीन जिल्ला काठमाडौं, ललितपुर र भक्तपुरले शुक्रबार एक आदेश जारी गरी यसअघि जारी भएका सबै प्रतिबन्धात्मक व्यवस्था पूर्ण रूपमा हटाइएको जानकारी गराएको हो ।

पछिल्लो समयमा कोरोना संक्रमण घट्दै गएकोले आज शनिबारदेखि लागू हुने गरी कानून बमोजिमका राजनीतिक, आर्थिक, सामाजिक, शैक्षिक तथा व्यावसायिक क्रियाकलाप सञ्चालन गर्न÷गराउन उक्त आदेशमा भनिएको छ।

आदेशमा यसरी गतिविधि सञ्चालन गर्दा प्रचलित स्वास्थ्य मापदण्डको पूर्ण पालना गर्न आग्रह गरिएको छ।

प्रकाशन मिति–२०७८ साल फागुन २१ गते शनिवार ।