काठमाडौं। काठमाडौं उपत्यकामा सोमबारबाट सार्वजनिक विजुली बस सञ्चालनमा आएको छ । विजुली बस सञ्चालन गर्ने कम्पनी सुन्दर यातायातले आफ्ना सावरीसाधनका लागि गत भदौ १७ गते विद्युतीय चार्जिङ स्टेसन बनाएपछि सोमवारबाट सर्वसाधारणका लागि विजुली बसको सुचारु गरेको हो।

विजुली बसको पाँच रुटहरूमा चक्रपथ परिक्रमा, नारायणथान–जावलाखेल–मेडिसिटी अस्पताल, गोंगबु–सामाखुसी–गौशाला–कोटेश्वर–सल्लाघारी, ढुंगेअड्डा–कलंकी–त्रिपुरेश्वर–वीर अस्पताल–जमल–कृष्णपाउरोटी–रातोपुल–गौशाला–चाबहिल–बौद्ध–अत्तरखेल र सूर्यविनायक–कोटेश्वर–बानेश्वर–वीर अस्पताल–जमलसम्म रहेका छन् ।

प्राइभेट कंपनीले नेपालमा विजुली बस संचालनमा ल्याएको यो पहिलो हो। यसअघि चीन सरकारको सहयोगमा नेपाल सरकारले दशकौ पहिला ट्रली बस संचालन गरेको भएतापनि पछि बन्द गरिएको थियो।
प्रकाशन मिति–२०७६ साल भदौं २३ गते मंगलवार ।