काठमाडौं। नेपालमा कोरोनाभाइरस (कोभिड–१९) को संक्रमणमा दिनानुदिन बृद्धि भैरहेको छ। यसक्रममा आइतबार देशका विभिन्न ठाउँमा ६४१ कोरोनाका संक्रमित थपिएका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा आइतवार नयाँ १७२ जना संक्रमित थपिएका छन्। यो सहित नेपालमा ६४१ जना नयाँ कोरोना संक्रमित थपिएका हुन् । नेपालमा हालसम्म संक्रमितको संख्या २६ हजार ६ सय ६० पुगेको छ।

त्यस्तै १ सय ४ जनाको कोरोनाबाट मृत्यु भएको तथ्यांक छ। विगत २४ घण्टामा थप दुई जना मृतकमा कोरोना पुष्टि भएको हो। २४ घण्टामा १३४ जना निको भइ घर फर्किएको प्रवक्ता गौतमले भनेका छन्। आइतबार निको हुनेसहित हालसम्म १७ हजार ३ सय ३५ जना कोरोनाबाट मुक्त भएका छन्।

हाल कुल संक्रमितमध्ये ९ हजार २२१ कोभिड–१९ का एक्टिभ केस रहेका छन्। जसमध्ये ८ हजार ७२४ अस्पताल तथा आइसोलेसन सेन्टरमा छन् भने ४९७ होम आइसोलेसनमा रहेको पनि मन्त्रालयले जनाएको छ।


प्रकाशन मिति–२०७७ साल साउन ३२ गते आइतवार ।