न्यूयोर्क (अमेरिका)। कोरोनाभाइरस (कोभिड–१९) को महामारीको कारण व्यापक आक्रान्त भएको अमेरिकाको न्यूयोर्कमा नेपालीकै अगुवाईमा नेपाली तथा अमेरिकीहरुलाई प्रत्येक हप्ता राहत सहयोग गर्ने कार्य हुंदैआएको छ। कुइन्स नेपलिज लायन्स क्लब अमेरिकाको आयोजना र भिजन फर नेपाल तथा रिजउड नेपालीज सोसाईटीको सहयोगमा उक्त राहत कार्यक्रम हुंदैआएको हो।

प्रत्येक हप्ता गरिदैआएको यो राहत कार्यक्रमको शुभारम्भ तथा संयोजन भिजन फर नेपालका संस्थापक अध्यक्ष तथा समाजसेवी मंगल दास श्रेष्ठले गरेका हुन। अमेरिकाको न्युयोर्क स्थित रिजउड र ल्याफ्राक सिटीमा प्रत्येक हप्ताको शुक्रवार राहत सहयोग प्रदान गर्ने कार्य हुंदैआएको र सातौं हप्ताको राहत पनि वितरण गरिसकेको जानकारी भिजन फर नेपालका संस्थापक अध्यक्ष मंगलदास श्रेष्ठले दिएका छन्।

संस्थापक अध्यक्ष श्रेष्ठका अनुसार, कोरोनाभाइरस (कोभिड–१९) को महामारीका कारण मर्कामा परेका व्यक्ति तथा परिवारको तय गरेर प्रत्येक हप्ता १ सय परिवारलाई एक हप्तालाई पुग्ने राहत सहयोग सामाग्री प्रदान गरिदैआएको छ। विविध कारण कार्यक्रम स्थलमा उपस्थित हुन नसक्ने केही परिवारहरुलाई घर घरमा पुर्याएर खाद्यान्न राहत सामाग्री वितरण गर्ने कार्य भएको छ।

भिजन फर नेपालका संस्थापक समाजसेवी मंगल दास श्रेष्ठको सम्पर्कवाट शुभारम्भ भएको यो कार्यलाई निरन्तरता दिनको लागि लाईन्स क्लब अफ कुईन्स नेपलिजका सदस्यहरुको आर्थिक र भौतिक सहयोग रहदै आएको जनाइएको छ।

विशेष गरेर कोरोनाको कारण काम नपाएर घरमै बसेका,समस्यामा परेका तथा विद्यार्थीहरुलाई लक्षित गरेर यो अभियान शुरु गरेको जानकारी पनि भिजन फर नेपालका संस्थापक अध्यक्ष श्रेष्ठले वताएका छन्। नेपालीहरुलाई लक्षित गरेर शुभारम्भ गरिएको यो मानविय सहयोगलाई विपदमा परेका अमेरिकीहरुलाई पनि प्रदान गर्ने कार्य पनि भएको श्रेष्ठको भनाइ छ।

प्रकाशन मिति–२०७७ साल साउन ३२ गते आइतवार ।