काठमाडौं। काठमाडौं महानगरपालिकामा सूर्य ध्वजावाहक नेकपा एमाले अर्को खाता खोलेको छ। काठमाडौं महानगरपालिका वडा नंबर २ मा वडा अध्यक्ष सहित पाँचैजनाको टीमले विजय हासिल गरेपछि अर्को आयामिक खाता खोलेको हो।

काठमाडौं महानगरपालिकामा भिआइपी वडाको रुपमा चिनिएको वडा नंबर २ मा वडा अध्यक्षमा राजेन्द्रकुमार श्रेष्ठ सहितको टीमले भारी मतले विजयी हासिल गरेको छ। यसअघिको निर्वाचनमा पनि विजयी वडा अध्यक्ष श्रेष्ठको टीमलाई यसपालि पनि सफलता मिलेको हो।

पाँचतारे होटलको हब तथा पर्यटनको दृष्टिकोणले ठमेल पछिको दोश्रो नगरीको रुपमा चिनिएको लाजिम्पाट क्षेत्रको वडा नंबर २ आफैमा समृद्ध र गौरबशाली अनि भिआइपी वडा हो।

काठमाडौं महानगरपालिकाका वडाहरुमा सानो वडाको रुपमा चिनिएतापनि राम्रो अनि हाम्रो वडाको रुपमा चिनाउन सफल वडा अध्यक्ष श्रेष्ठले वडामा ह्याङ्गि गार्डेनको परिकल्पना गरेर त्यसलाई मूर्तरुप दिन विशेष भूमिका खेलेको पाइन्छ।

वडाको विकास निर्माण लगायतका विभिन्न कार्यहरुमा अहोरात्र खट्दैआएका खुला मनका धनी र सही अनि तथ्यगत कुरा गर्न पछि नहट्ने निडर वडा अध्यक्षका रुपमा चिनिएका श्रेष्ठले वडा अध्यक्षमा जितेपछि वडावासीको माग र लक्ष्यबमोजिम कार्य गर्दैजाने प्रतिवद्धता व्यक्त गरेका छन्।

प्रकाशन मिति–२०७९ साल जेठ २ गते सोमवार ।