No Banda 1काठमाडौ। सप्तरी घटनाको विरोधमा मधेशी मोर्चासहितको संघीय गठबन्धनले आज शुक्रबार आह्वान गरेको नेपाल बन्दको प्रभाव काठमाडौंमा खासै परेको छैन्। नियमित रुपमा सवारी साधन तथा पसल र स्कुल लगायत खुल्ला रहेको छ।

No Banda 3

बन्द आव्हानकर्ताहरुको उपस्थिति काठमाडौका कुनैपनि सडकमा विहान १० बजेसम्म पनि देखिएन। काठमाडौको जनजीवन सामान्य नै रहेको छ। पेट्रोल पम्पहरुमा भने सवारी साधनहरुको लामो लाइन देखिएको छ। काठमाडौ नेपाल बन्दमा सामान्य देखिएपनि तराई मधेशका जिल्लाहरु भने ठप्प झै रहेका छन्।

No Banda 2

मधेशका जिल्लाहरुमा भने सवारीसाधन चलेका छैनन् । यातायात, शैक्षिक संस्था, उद्योगधन्दा कलकारखाना पनि ठप्प छन् ।सोमबार सप्तरीमा प्रहरीको गोली लागेर चारजना मधेशी मोर्चाका कार्यकर्ताको मृत्यु भएको विरोधमा मोर्चासहितको संघीय गठबन्धनले नेपाल बन्द आह्वान गरेको हो। घटनापछि सप्तरी लगातार बन्द छ।

No Banda 5

जसबाट सर्वसाधारणको जनजीवन प्रभावित बनेको छ । गठबन्धनले मृतकलाई शहीद घोषणा, मृतकका परिवारलाई राहत, घटनाको न्यायिक छानविन र दोषीमाथि कारबाहीको माग गर्दै विभिन्न आन्दोलनको कार्यक्रम घोषणा गरेको छ। सरकारले सप्तरी घटनाका मृतकका परिवारलाई १० लाख रुपैयाँ राहत रकम दिने, न्यायिक छानबिन आयोग गठन गर्ने र घाइतेको निःशुल्क उपचार गर्ने निर्णय भने गरिसकेको छ।

विराटनगरमा भने छिटफुटरुपमा मोटरसाइकल गुडिरहेका छन् । खासगरी विराटनगरमा दक्षिणी क्षेत्रमा मोर्चाका कार्यकर्ता ठूलो सङ्ख्यामा उत्रिएका छन्। बन्दको प्रभाव शिक्षण संस्थामा पनि परेको छ। बन्दकर्ताले बजारका साथै कलकारखाना बन्दको समेत आह्वान गरेका छन्।

यसैबीच, जिल्ला प्रहरी कार्यालय, मोरङले मोरङमा अहिलेसम्म कुनै अप्रिय घटना नभए पनि सुनसरीको दुहवीमा एउटा मोटरसाइकलमा आगजनी भएको जानकारी गराएको छ । बन्दकर्ताले आगजनी गरी भागेको र सो मोटरसाइकलको नम्बर खुल्न नसकेको बताइएको छ ।

प्रकाशन मिति–२०७३ साल फागुन २७ गते शुक्रबार ।