कीर्तिपुर । कीर्तिपुरको चोभारमा माइति खुलेको छ। कीर्तपुरका तीन युवा व्यवसायीहरु राजकुमार महर्जन,गौरब श्रेष्ठ र सूर्य बहादुर बुढाथोकीले माइति रिसोर्ट खोलेका हुन्।

खानाको पारखीहरूलाई भिन्नभिन्न नयाँ र उच्चस्तरको गुणस्तरीय सेवा प्रदान गर्ने उदेश्य सहित आकर्षक रमणीय कीर्तिपुर नगरपालिका ६ स्थित चोभारमा चारघरेमा पहिलो चरणमा अत्याधुनकि सेवासुविधा सहित नयाँ रेस्टुरेन्ट सञ्चालनमा ल्याएको हो ।

पहिलो चरणमा ३ सय जनालाई सेवा सुबिधा क्षमता रहेको माइति रिसोर्टले स्वीमिङ पुल सहितको नेपालको मौलिक कला सम्पदाको झल्को दिने बुटिक होटल निर्माण गर्ने लक्ष्य राखेको छ। माइतिवाट हाल प्रत्यक्ष रुपमा २० जनाले रोजगारीको समेत अवसर पाएका छन् ।
प्रकाशन मिति–२०७८ साल कात्तिक १५ गते सोमवार ।