काठमाडौं। सडक, बाटो जस्ता ठूल–ठूला विकास निर्माणमा प्रयोग हुने गरेका हेभी इक्विप्मेन्टलाई सरकारले अझैपनि सवारी साधनमा बर्गिकरण गरिरहेको अवस्था छ। जुन गलत भएको जिकिर नेपाल हेभी इक्विप्मेन्ट व्यवसायी महासंघका महासचिव सुरेश खत्रीको रहेको छ।

महासचिव खत्रीले विकास निर्माणमा प्रयोग हुंदैआएका हेभी इक्विप्मेन्टहरु सवारी साधन नभइकन केवल उपकरण मात्र भएको भनेका छन्। उपकरणलाई यातायात अन्तर्गत सवारी साधनमा बर्गिकरण गरिहेकोमा आफूहरुको बिमत रहेको र सोही अनुरुप सरकारले सवारी साधनलाई जस्तै कर लगाइरहेको कुरा पनि मान्य नभएको पनि महासचिव खत्रीको भनाई छ।

यसको विरुद्ध यातायात व्यवस्था कार्यालय लगायतका सरोकार निकायमा नेपाल हेभी इक्विप्मेन्ट व्यवसायी महासंघले ध्यानाकर्षण समेत गराइसकेको जानकारी पनि महासचिव खत्रीले भिजन संसार डटकमलाई दिएका छन्।

अर्कोतर्फ, निर्माण व्यवसायी ठेकेदारहरुले हेभी इक्विप्मेन्टलाई खरिद गरेर निर्माण व्यवसायमा प्रयोग गर्ने कार्य हुंदैआएको छ। जसवाट निर्माण व्यवसायमा पूंजीको अनावश्यक प्रयोग हुनगैरहेको छ। त्यसको सट्टामा केवल निर्माण व्यवसायीले निर्माण व्यवसायमा मात्र पूंजी लगानी गरेमा विकास निर्माण कार्य गहकिलो हुने र व्यवसायमा स्पेशलाइजेसन हुने तर्क पनि महासचिव खत्रीको रहेको छ।

ठेक्का दिने कार्यमा सरकारले पनि निर्माण व्यवसायीहरुलाई हेभी इक्विप्मेन्ट पनि संलग्न गर्नुपर्ने दायरालाई पनि हटाउन आफूले नेपाली हेभी इक्विप्मेन्ट व्यवसायी महासंघको शुभकामना आदान प्रदान विशेष कार्यक्रममा यातायात मन्त्री रेणु यादवसमक्ष माग राखेको पनि महासचिव खत्रीले जानकारी दिएका छन्।

जसवाट हेभी इक्विप्मेन्टमा निर्माण व्यवसायीहरुले लगानी गर्न आवश्यक नपर्ने र त्यसको जिम्मेवारी केवल हेभी इक्विप्मेन्ट व्यवसायीलाई मात्र दिएमा लगानीको भार पनि निर्माण व्यवसायीलाई नपर्ने तर्क महासचिव खत्रीको छ। यसलेगर्दा काममा स्पेशलाइज भएर निर्माण व्यवसायी र हेभी इक्विप्मेन्ट व्यवसायी आ–आफ्नो क्षेत्रमा सफल हुने राय पनि महासचिव खत्रीको छ।

त्यस्तै, हेभी इक्विप्मेन्टको बीमामा पनि यो बर्षवाट प्रिमियम शुल्कमा पाँच गुणा बृद्धि गर्ने कार्य भएको छ। त्यो पनि न्याय संगत नभएकोले यसमा पूर्नरविचार गर्न संवन्धित निकाय बीमा समितिको ध्यानाकर्षण गराउने कार्य पनि भैसकेको खुलासा पनि महासचिव खत्रीले गरेका छन्।
प्रकाशन मिति–२०७८ साल कात्तिक १५ गते सोमवार ।