काठमाडौं। कीर्तिपुर नगरपालिकाकी उपमेयर सरस्वती खड्काले लकडाउन अगाडि र वीचमा कीर्तिपुर छाडेर जाने जो कोहीलाई पनि कोरोनाको कहरमा कीर्तिपुर नफर्कन अनुरोध गरेकी छन्। कीर्तिपुरमा घरवहालमा बस्ने कीर्तिपुर छाडेर आफ्नो घर–स्थानमा सुरक्षित रुपमा फसिरहेको छ भने, आफ्नो स्थानमा नै सुरक्षित बस्न उपमेयर खड्काले आग्रह गरेकी छन्।

घरवहालमा दिने कीर्तिपुरका घरधनीहरुलाई पनि घरमा बस्नेहरु आउन संपर्क गरेमा हाललाई नआउन भन्न पनि सवै घरधनीहरुलाई जानकारी गराईसकेको उपमेयर खड्काले भनेकी छन्। यदि आउनै पर्ने वांध्यता भएमा कीर्तिपुर नगरपालिकाका वडामा संपर्क गरेर नगरपालिकाको क्वारेन्टाइनमा बसेर स्वस्थ भएको प्रमाणित गराएर मात्र वाहिरवाट आउनेलाई घरमा राख्न घरधनीहरुलाई जानकारी दिइसकेको पनि उपमेयर खड्काले बताएकी छन्।

कोरोनाको कहरको कारण खाद्यान्न संकट हुने भएकोले कीर्तिपुरमा कृषि क्रान्ति नै गर्ने योजना ल्याइएको र कीर्तिपुरलाई फुडग्रीन सिटीको रुपमा विकास गर्ने संकल्प पनि गरेको तथ्यलाई उपमेयर खड्काले उजागर गरेकी छन्। कीर्तिपुरमा अधिकाँस विद्यार्थीहरु भएको कारण उनीहरुको लागि नगरपालिकाले राहत व्यवस्था गरेको र अव राहत मात्र नभइकन श्रम रोजगारमा लगाउनेतर्फ पनि सोच बनाइसकेको उपमेयर खड्काको भनाई छ।

कीर्तिपुरलाई सुरक्षित बनाउन चारैनाकामा सुरक्षा प्रणालीलाई कडा गरिएको र एम्बुलेन्समा अनावश्यक मानिस राखेर ओसार–पसार गर्नेलाई पनि कडाइका साथ अनुगमन गरेर कारवाही अगाडि बढाइएको पनि भनेकी छन्।


(नेवाःपत्रकार राष्ट्रिय दबूका कोषाध्यक्ष सुरेन्द्रभक्त श्रेष्ठको सहयोगमा)
प्रकाशन मिति–२०७७ साल बैशाख २९ गते सोमवार ।