Jyapuललितपुर। नेपालको आदिवासी ज्यापु एक सम्मानित तथा मर्यादित जाति हो। जुन जाति अत्यन्त ऐतिहासिक तथा मेहनती जातिको रुपमा कहलिएको छ। पौराणिक कृषि पेशा देखि कला–कौशल अनि संस्कृतिका उच्चधनी ज्यापु जाति एक कौतुहल तथा रहस्य नै हो।

नेवार सम्प्रदायभित्र पर्ने यस जातिको उत्थान र विकास अनि प्रवद्र्धनका लागि ज्यापु समाज ललितपुरले भव्य रुपमा ज्यापु म्युजियम फेस्टा–२०१७ गर्ने भएको छ। नेपालकी राष्ट्रपति विद्यादेवी भण्डारीको प्रमुख आतिथ्यतामा समुदघाटन हुने उक्त फेस्टा कार्तिक ७ गते देखि ९ गतेसम्म तीन दिन हुने भएको छ।

Jyapu Muesiam Fiesta 2017

ती दिनमा ज्यापु समुदायले जीवन संचालनको क्रममा आफ्नो दैनिक जीवनमा निर्वाह गर्दै आएका संस्कार, चालचलन, सांस्कृतिक एवं सामाजिक पक्षहरुको विविध प्रस्तुति तथा प्रदर्शनी गराउने र ललितपुरको ज्यापु प्रज्ञा भवनमा व्यवस्था गरिने भएको छ। ज्यापु संग्रहालयको अवलोकनार्थ आम नागरिकहरुमा सूचना प्रवाह गर्नु यस फेस्टाको प्रमुख उदेश्य रहेको आयोजक ज्यापु समाजका वरिष्ठ उपाध्यक्ष सन्तमान महर्जनको भनाई रहेको छ।

ज्यापु म्युजियम फेस्टा–२०१७ का प्रमुख आकर्षणहरुमा झण्डै ३५० वर्ष पुरानो झ्यालेचा अवलोकन गर्ने अवसर, लोप भैसकेका सीपहरुको प्रत्यक्ष अनुभूत हुने गरी अवलोकन गर्न पाउने, लोप भैसकेका जीवन्त संस्कृति सहित स्थानिय जीवन शैलीको अवलोकन गर्न पाउने रहेको छ।

जस अनुसार ललितपुर नगरीको उत्तरी भेगको स्थानीय टोल वल्खु टोलमा एकल घोडे जात्रा, भिन्द्योलाछी टोलमा जीवन्त संस्कृति प्रदर्शन, क्वय्लाछी च्यासलमा झ्यालेचा तथा झण्डै २००० वर्ष पुरानो गजलक्ष्मी, च्यासल टोलमा महाराज योगनरेन्द्र मल्लका कान्छी श्रीमती टेपे महारानी, खपिन्छें टोलमा आकाश भैरब, चाछें टोलमा माटोको चैत्य, भेलाछें टोलमा अवालेहरुको मौलिक कार्यको जीवन्त प्रदर्शन, गःछें टोलमा नेवारी भोजका परिकारहरुको स्वाद व्यवस्था, च्यबुगाहिटी टोलमा सांस्कृतिक डकुमेन्ट्री प्रदर्शन, लोल टोलमा माटोबाट बनाईएका हस्तकला प्रदर्शनीका साथै विभिन्न स्थानमा नेवारी खानाका परिकारहरुको स्टल लगायत हुन्।

यल महोत्सवमा झण्डै १० लाखले अवलोकन गरेको थियो भने यस महोत्सव ३ लाखले अवलोकन गर्ने अनुमान आयोजकले गरेको छ । स्थानीय १० टोल र अन्य २० समुहको सहभागितामा संचालन हुने यस कार्यक्रमा प्रवेश निःशुल्क गरेको र शंखमूलको गछें टोलमा, पाटनढोका, पुल्चोक, मंगलबजारको भिमसेन मन्दिर र बालकुमारीमा अवलोकनकर्ताहरुको सहजताको लागी बाहन पार्किङ ब्यवस्था मिलाइएको जानकारी समेत आयोजकको तर्फबाट अध्यक्ष प्रेम महर्जनले भनेका छन् ।

Jyapu Muesiam Fiesta 2017.jpg1`तस्वीर सौजन्य–रेखा शाक्य (राजमति) ।

प्रकाशन मिति–२०७४ साल कात्तिक ५ गते आइतवार ।