काठमाडौं। राष्ट्रिय पर्यटन पत्रकार संघ (नाटोज) ले पत्रकारहरुलाई स्वास्थ्य सामाग्री वितरण गरेको छ। मंगलवार काठमाडौंको नक्साल नारायणचौरमा आयोजित समारोहमा वितरण गरेको हो। एन ९५ मास्क, स्यानिटाइजर र सर्जिकल मास्क संघका अध्यक्ष शिव अधिकारीले वितरण गरेका हुन।

कोरोना कहरको विषम परिस्थितिमा फ्रन्टलाइनमा रहेर खटेर कार्य गर्ने पत्रकारहरुको जोखिमतालाई मध्यनजर राखेर सानैभएपनि स्वास्थ्य सामाग्री वितरण गरेको जानकारी अध्यक्ष अधिकारीले बताएका छन्। हाललाई सानो सहयोग भएपनि केही दिनपछि अलि ठूलै सहयोग दिने आफूहरुको योजना रहेको पनि अधिकारीले भनेका छन्। छापा, अनलाइन, रेडियो तथा टेलिभिजनमा कार्यरत पर्यटन लगायत विभिन्न बिटमा कलम चलाउने चार दर्जन पत्रकारलाई स्वास्थ्य सामाग्री वितरण गरिएको संघले जनाएको छ।

युवा पर्यटन व्यवसायी तथा माउन्टेन डिलाइट्स ट्रेक्स एन्ड एक्सपेडिसनका प्रबन्ध निर्देशक , समाजसेवी कमल सापकोटा, गाउँले पर्यटन नेपालका अध्यक्ष समाजसेवी तेजेन्द्र शर्मा पौडेल र एलायन्स ट्रेक्स एन्ड एक्सपेडिसनका प्रबन्ध निर्देशक समाजसेवी कुलबहादुर गुरुङको सहयोगमा सहयोग वितरण सम्भव भएको संघका अध्यक्ष अधिकारीको भनाई रहेको छ।
प्रकाशन मिति–२०७७ साल जेठ ६ गते मंगलवार ।