काठमाडौं। काठमाडौं महानगरपालिका वडा नंबर ३ महाराजगञ्जस्थित कान्ति बाल अस्पतालमा कोरोनाभाइरसको शङ्का गरेर अहिलेसम्म १४ जना बालबालिकाको परीक्षण गरिएकामा सबैको रिपोर्ट नेगेटिभ आएको छ।

राससको खवरअनुसार, ती बालबालिकामा देखिएको रुघाखोकी, ज्वरो, निमोनियालगायतका स्वास्थ्य समस्या देखिएको हो। उनीहरु उपचारपछि निको भएर घरसमेत फर्किसकेका छन्। ती १४ मध्ये ११ नेपाली र तीन भारतीय बालबालिका रहेको अस्पतालले जनाएको छ।

कोरोनाभाइरसका लक्षणसँग मिल्दा लक्षण देखिएपछि अस्पतालले ती बालबालिकाको टेकुस्थित शुक्रराज सरुवा रोग अस्पतालमा स्वाब पठाएर परीक्षण गरेको थियो।
प्रकाशन मिति–२०७६ साल चैत २१ गते शुक्रवार ।