काठमाडौं। कोरोना संक्रमणको महामारीको विकराल अवस्थामा कोरोना उपचारको लागि कुनैपनि खोपको हालसम्म आविष्कार भैनसकेको अवस्था रहेको छ। यो अवस्थामा कोरोना संक्रमणवाट बच्न र बचाउन व्यक्ति आफू स्वयं सचेत हुनुवाहेक अचुक औषधि छैन्।

सवैलाई सचेतता अपनाउन नेपाल स्वयंसेवी रक्तदाता समाजले जारी गरेको विज्ञप्तिमा जनाइएको छ। समाजका केन्द्रिय अध्यक्ष तथा रेकर्डेट रक्तदाता प्रेमसागर कर्माचार्यव्दारा हस्ताक्षरित विज्ञप्तिमा विश्व स्वास्थ्य संगठनको निर्देशनमा नेपाल सरकारव्दारा जारी गरेको अति महत्वपूर्ण अनुरोधलाई कार्यान्वयन गर्न अनुरोध गरिएको छ।

कोरोना संक्रमित उपचार पश्चात स्वास्थ्य लाभ गर्नेहरुले प्लाज्मादान वा रक्तदान मार्फत पनि कोरोना संक्रमितको उपचार गर्न सकिने भएकोले कोरोना जित्नेहरुलाई प्लाज्मादान वा रक्तदान गर्न अनुरोध गरिएको छ। कोरोना जित्नेहरुलाई समाजले खोजी गरेर उनीहरुलाई प्लाज्मादान वा रक्तदान गर्न र गराउन आफूहरु हाल अत्यन्त क्रियाशील भैरहेको पनि भनिएको छ।


प्रकाशन मिति–२०७७ साल असोज १ गते विहीवार ।