ललितपुर। कोरोनाको महामारीको वर्तमान अवस्थामा ललितपुर महानगरपालिका वडा नंबर ५ का जनप्रिय तथा लोकप्रिय वडा अध्यक्ष विकासमान श्रेष्ठले कोरोना संक्रमित विरामीका परिवारलाई सरसफाई सामानसहितको किट वितरण गरेका छन्।

कोरोनाको महामारी फैलिन नदिन ललितपुर महानगरपालिकाको व्यापक पहल तथा प्रयास अनुरुप वडा नंबर ५ ले सरसफाई सामानसहितको किट वितरण गरेको हो। वडा अध्यक्ष श्रेष्ठका अनुसार, कोरोना रिपोर्ट पोजिटिभ देखिएर होम आइसोलेसनमा रहेका वडाबासीले रिपोर्ट लिई आएर उक्त किट लैजान सक्नेछन्।

यसका लागि उनीहरुले परिवारका सदस्यलाई वडा कार्यालयमा पठाउनुपर्नेछ। सरसफाई किटमा मास्क, साबुन, स्यानिटाइजरलगायत छन्।


प्रकाशन मिति–२०७७ साल पुस ५ गते आइतवार ।