काठमाडौ। क्यानडाको टोरन्टोमा गंभीर सडक दूर्घटना भएको छ। उक्त दूर्घटनामा १० जनाको ज्यान गएको छ। पैदल यात्रुलाई लक्षित गर्दै फुटपाथमा जथाभावी भ्यान चलाउँदा त्यो घटना भएको छ। घटनामा १५ जना घाइते भएका छन्।

संदिग्ध भ्यान चालक २५ वर्षीय अलिक मिनासायनलाई पक्राउ गरिएको अधिकारीहरुले जनाएका छन्। टोरन्टोको योङ स्ट्रिटमा भ्यान चालकले फुटपाथमा पैदल यात्रुहरुलाई लक्षित गरी भ्यान चलाएको बीबीसीले जनाएको छ।

घटनापछि सो क्षेत्रमा केही समय मेट्रो सेवासमेत बन्द गरिएको थियो। यसैबीच क्यानाडाका प्रधानमन्त्री जस्टिन ट्रडोले घटनाको छानबिन भइरहेको र दोषीमाथि कडा कारबाही हुने जानकारी दिए। केही घाइतेको अवस्था गम्भीर रहेकाले मृतकको संख्या बढ्न सक्ने आशंका गरिएको छ ।

(समाचार एजेन्सीको सहयोगमा)
प्रकाशन मिति–२०७५ साल बैशाख ११ गते मंगलवार ।