काठमाडौं। बलिउडकी ख्यातिप्राप्त नेपाली अभिनेत्री मनीषा कोइरालाले क्यान्सर निको हुन उपचारसँगै आत्मबल पनि उत्तिकै आवश्यक रहेको भनेकी छन्। शनिबार काठमाडौंमा आयोजित कार्यक्रममा अभिनेत्री कोइरालाले क्यान्सर लाग्नबाट बच्न नियमित स्वास्थ्य परीक्षण आवश्यक रहेको बताइन्।

क्यान्सर रोगवाट जितेर नयाँ जीवनको अनुभव गर्दैगरेकी अभिनेत्री कोइरालाले सन्तुुलित खानपिन र नियमित व्यायाम गरे क्यान्सर लाग्नबाट बच्न सकिने अनुभवसमेत सुनाइन्। नेपाल क्यान्सर सर्वाइभ सोसाइटीका अध्यक्ष प्रमिता खनालले क्यान्सरसम्बन्धी जनचेतना अभिवृद्धिका लागि युवाहरु सचेत हुनुपर्ने बताइन्।

कार्यक्रममा डा.सन्ध्या चापागाइँ, डा.रश्मी पुनलगायतले क्यान्सर लाग्दैमा आत्तिनुपर्ने अवस्था अब नरहेको र नेपालमा नै यसको उपचार सम्भव रहेको बताए।
प्रकाशन मिति–२०७६ साल कात्तिक १० गते आइतवार ।