ललितपुर । ललितपुर महानगरपालिका वडा नंबर ५ का प्रत्येक घर घरमा म्याट्रिक प्रणालीवाट तयार पारिएका घर नंबर वितरण गर्ने कार्य भएको छ। स्थानीय निर्वाचनको बेला ललितपुर महानगरपालिकाका जननिर्वाचित जनप्रिय तथा लोकप्रिय वडा अध्यक्ष विकासमान श्रेष्ठले घोषणा पत्रमा प्रतिबद्धता जाहेर गरेअनुरुप म्याट्रिक प्रणालीको घर नंबर वितरण गर्ने कार्य भएको हो।

ललितपुर महानगरपालिका वडा नंबर ५ को मानभवन श्रीटोलवाट घर नंबर वितरण गर्ने कार्यमा जनप्रिय वडा अध्यक्ष विकासमान श्रेष्ठ आफै घर घर पुगेर घर नंबर दिने कार्य गरेका छन्। विहीवार ललितपुर महानगरपालिका वडा नंबर ५ का ३५ वटा घरहरुमा घर नंबर राख्ने कार्य भएको जानकारी वडा अध्यक्ष श्रेष्ठले दिएका छन्। महिना दिनभित्र वडाका करिब १ हजार ५ सय सवै घरहरुलाई घर नंबर दिने कार्य संपन्न गर्ने पनि वडा अध्यक्ष श्रेष्ठले भिजन संसार डटकमलाई भनेका छन्।

यस कार्यका लागि आफूहरुले एक बर्षदेखि वडाका सवै घर तथा टोलमा पुगेर बृहत अनुगमन तथा छलफल पश्चात आएको निर्णय वमोजिम टोलको नामाँकरण गरेर बैज्ञानिक ढंगवाट म्याट्रिक प्रणालीवाट घर नंबर वितरण गर्ने कार्य शुभारम्भ गरिएको पनि वडा अध्यक्ष श्रेष्ठको भनाई छ।

यसरी म्याट्रिक प्रणालीवाट वितरण गरिएको घरमा गुगल सर्च गरेर विश्वका जुनसुकै देशवाट आएपनि पुग्न सकिने खुलासा पनि वडा अध्यक्ष श्रेष्ठले दिएका छन्। यसप्रकारका घर नंबरहरु ललितपुर महानगरपालिकाका २९ वटै वडाहरुमा वितरण गर्न र गराउन आफूहरुले व्यापक पहल गरेको पनि वडा अध्यक्ष श्रेष्ठले भनेका छन्। त्यसअनुरुप महानगरपालिकाले कार्य गर्दैगरेको पनि जानकारी वडा अध्यक्ष श्रेष्ठले दिएका छन्।


प्रकाशन मिति–२०७८ साल असार ३१ गते विहीवार ।