काठमाडौं। कोरोनाको महामारीमा बहुउपयोगी आयुर्वेद औषधि नै मानिएको गुर्जो सेवनले किड्नी तथा लिभर नै खराव हुन्छ भन्ने आएको हल्ला सत्य नभएको खुलासा भएको छ। गुर्जो सेवनले किड्नी तथा लिभरको फङसनलाई अझ राम्रो वनाउने गरेको आयुर्वेदका डाक्टरहरुले नै जिकिर गरेका छन्।

कोरोनाको महामारीवाट बच्न र बचाउन गुर्जो सेवनलाई व्यापक प्रचार प्रसार गर्दै जनचेतना अभिबृद्धि गर्दैआएका गुर्जो अभियन्ता कमलवहादुर लवटले गुर्जो सेवन विरुद्ध अनेकन होहल्ला आएपछि त्यसको निराकरण गर्न र गराउन आयुर्वेदका ज्ञाता डाक्टरहरुलाई त्यसवारेमा सोधपुछ गरेका छन्।

लवटको आधिकारिक युट्युब च्यानल मार्फत राष्ट्रिय आयुर्वेद अनुसन्धान तथा तालिम केन्द्र कीर्तिपुरका कार्यकारी निर्देशक डाक्टर रामआधार यादव गुर्जोको सेवनले किड्नी र लिभरलाई खराब गर्दैन भनेका छन्। डाक्टर यादवले गुर्जोको सेवनले ब्लड प्रेसरलाई नर्मल तथा नियमित वनाउने गर्ने गरेको पनि दावी गरेका छन्।

त्यस्तै, गुर्जो रोग प्रतिरोधात्मक शक्तिको विकास गर्ने आयुर्वेद औषधि नै भएको कारण निर्धक्क रुपमा गुर्जोको सेवन गर्न अनुरोध गरेका छन्। विशेषत गुर्जो रुघाखोकी, प्रेसर, सुगर लगायतका रोगीहरुको लागि अति उत्तम घरेलु उपचार भएको कारण गुर्जो सेवन अत्यन्त लाभादायक भएको गुर्जो विज्ञ राजलवटको भनाइ रहेको छ।

राजलवटले कोरोनाका महामारीका कारण लकडाउन भएको दश महिनाको अवधिमा धेरै स्थानमा गुर्जोको बेर्ना तथा गुर्जोको धुलो निःशुल्क वितरण गरेर धेरैलाई कोरोनाको महामारीवाट वचाउन सहयोग गर्ने कार्य गर्दैआएका छन्। यो अभियानलाई निरन्तरता दिनमा राजलवट अहोरात्र लागिरहेको वताउंछन्।

प्रकाशन मिति–२०७७ साल चैत्र ९ गते सोमवार ।