काठमाडौं। काठमाडौंको गोकर्णेश्वर नगरपालिकामा कोरोनाभाइरसको र्‍यापिट टेस्ट प्रारम्भ गरेको छ। चैत १ गतेवाट विदेशवाट आएर गोकर्णेश्वर नगरपालिकामा बसोवास गर्दैआएका व्यक्तिहरुको कोरोनाभाइरसको र्‍यापिट टेस्ट प्रारम्भ गरिएको हो।

गोकर्णेश्वर नगरपालिकाकी उपमेयर शान्ति नेपालका अनुसार, पहिलो चरणमा गोकर्ण प्राथमिक अस्पताल वडा नंबर ४ र वडा नंबर २ को नयाँपाटी स्वास्थ्य चौकीमा १० जना महिला र १४ जना पुरुषको र्‍यापिट टेस्ट गरेकोमा सवैको नेगेटिभ आएको उपमेयर नेपालले भनेकी छन्।

दोश्रो चरणको र्‍यापिट टेस्ट भोलि बुधवार जोरपाटी अत्तरखेलस्थित नेपाल मेडिकल कलेज भवनको प्राङ्गणमा गरिने उपमेयर नेपालले बताएकी छन्।

प्रकाशन मिति–२०७७ साल बैशाख २ गते सोमवार ।