काठमाडौं। काठमाडौं महानगरपालिकाका वडाहरु एक पछि अर्को नमूना वडा कार्यालय बन्ने होडमा देखिएको छ। यसक्रममा काठमाडौं महानगरपालिका वडा नंबर १५ ले अर्को नमूनामय कार्य गरेको छ।

काठमाडौं महानगरपालिका वडा नंबर १५ मा रहेका विपन्न वर्गलाई दैनिक विहान ११ बजेदेखि दिउंसो १ बजेसम्म निःशुल्क खाना खुवाउने निर्णय गरेको छ। सोमवार उक्त निर्णय गर्दै काठमाडौं महानगरपालिका वडा नंबर १५ का वडा ईश्वरमान डंगोलले एक सूचना नै जारी गर्दै काठमाडौं महानगरपालिका वडा नंबर १५ मा बसोवास गर्ने खाना नपुग्ने विपन्न वर्गहरुलाई स्वयम्भुको भूइँखेलमा तोकिएको समयमा सामाजिक दूरी कायम गरेर लकडाउन अवधिसम्म खाना खुवाउने व्यवस्था गरिएको जनाएको छ।

काठमाडौं महानगरपालिका वडा नंबर १५ मा विष्णुमतिपारि शोभाभगवती, चमती, बनस्थली वारि, विजेश्वरी, डल्लु, स्वयम्भु, बुद्धपार्क पारिसम्मको क्षेत्र रहेको छ।
प्रकाशन मिति–२०७७ साल बैशाख २ गते सोमवार ।