काठमाडौं। गोकर्णेश्वर नगरपालिकामा सवैको मामा भनेर चिनिएका कृष्ण श्रेष्ठ खुला वडा सदस्यमा निर्वाचित बनेका छन्। गोकर्णेश्वर नगरपालिका वडा नंबर ४ मा नेपाली कांग्रेसवाट उम्मेदवार रहेका सवैका मामा श्रेष्ठ निर्वाचित भएका हुन्।

गोकर्ण मन्दिरको पूर्वतिर मामाघर रिसोर्ट संचालनमा ल्याएर चर्चाको शिखरमा पुगेका श्रेष्ठले मामाघर रिसोर्ट संचालनमा ल्याएको कारण सवैले श्रेष्ठलाई मामा भन्ने गरेको हो। धेरैका मामा बनेका श्रेष्ठ लोकप्रिय मतवाट निर्वाचित बन्दा अत्यन्त गौरबता महशुश गर्दै भिजन संसार डट्कमसंगको कुराकानीमा वडावासीको सदभाव र मायालाई सदा शिरमा राखेर वडाको विकास–निर्माणमा आफू लाग्ने प्रतिवद्धता व्यक्त गरेका छन्।

मामा श्रेष्ठका साथमा खुला वडा सदस्यमा नेपाली कांग्रेसकै राजेश श्रेष्ठ र दलित वडा सदस्यमा सुनिता परियार निर्वाचित बनेका छन्। त्यस्तै, महिला वडा सदस्यमा नेकपा एमालेकी गौरी श्रेष्ठ निर्वाचित बनेकी छन्। वडा अध्यक्षमा पूर्व वडा सदस्य समेत रहेका स्वतन्त्रवाट लौरो चिन्ह लिएर चुनाव लड्ेका जयराम महतको शानदार जित भएको छ। महतले मुख्य राजनैतिक दलका उम्मेदवारलाई पछि पार्दै १०२७ मतसहित वडा अध्यक्ष जितेका हुन् ।

२०४९ सालदेखि स्थानीय निर्वाचनमा एमालेले जित्दै आएको यस क्षेत्रमा यो पटक स्वतन्त्र उम्मेदवारले जित निकालेका हुन् । अघिल्लो निर्वाचनमा नेपाली कांग्रेसको तर्फबाट वडा सदस्यमा निर्वाचित भएका महतले यो पटक पार्टीले टिकट नदिएपछि स्वतन्त्र उम्मेदवारी दिएका थिए । उनी नेपाली कांग्रेस काठमाडौँ क्षेत्र नं ३ (ख)का प्रदेश सचिव थिए । उनलाई नेकपा एकीकृत समाजवादी र नेकपा माओवादी केन्द्रले समर्थन समेत गरेर वडामा गठबन्धन गरेको थियो ।

उनका निकटतम प्रतिद्वन्द्वी एमालेका श्रीकुमार श्रेष्ठले ९२९ मत प्राप्त गरे । श्रेष्ठ, २०७४ को स्थानीय निर्वाचनमा एमालेबाट निर्वाचित निवर्तमान वडा अध्यक्ष समेत हुन् । यस्तै कांग्रेसका उम्मेदवार ज्ञान कुमार श्रेष्ठले ७९४ मत प्राप्त गरे।

प्रकाशन मिति–२०७९ साल जेठ २ गते सोमवार ।