गोरखा । नेपाल स्वयंसेवी रक्तदाता समाजका केन्द्रीय अध्यक्ष तथा स्वयंसेवी शतक रक्तदाता प्रेमसागर कर्माचार्यको प्रमुख आतिथ्यतामा स्वयंसेवी रक्तदाताहरूको गोरखा जिल्ला भेला सम्पन्न भएको छ । गोरखा नगरपालिका वडा नंबर ११ का वडा अध्यक्ष रामबहादुर खड्काको सभापतित्वमा जिल्ला भेला सम्पन्न भएको हो।

भेलाले स्वयंसेवी रक्तदाता एवं ११ नंबर वडा अध्यक्ष स्वयम् सभापतिको अध्यक्षतामा नेपाल स्वयंसेवी रक्तदाता समाज गोरखा जिल्ला कार्यसमिति पनि गठन समेत गरियो । जसमा उपाध्यक्ष सुरेन लामिछाने,सचिब ज्ञानेन्द्र पोखरेल,कोषाध्यक्ष बिमला थापा रहेका छन्। त्यसैगरी सदस्यहरूमा क्रमशः झपड बहादुर थापा,ईश्वर बस्नेत,भिम(राजन) प्रसाद काप्री,समिक्षा थापा,भोला भुजेल,रामशरण पोखरेल,कृष्णबहादुर खनाल,दीपक अधिकारी र श्यमकुमार श्रेष्ठ रहेका छन्।

सो भेलामा नेपाल स्वयंसेवी रक्तदाता समाजका आजीवन सदस्यहरूलाई प्रमुख अतिथि एवं नेपाल स्वयंसेवी रक्तदाता समाजका केन्द्रीय अध्यक्ष प्रेमसागर कर्माचार्यव्दारा नेपाल स्वयंसेवी रक्तदाता समाजको लोगो अंकित ब्याँच पहराई नेपाल स्वयंसेवी रक्तदाता समाजका सदस्यहरूलाई सम्मान तथा स्वागत गरिएको थियो। नेपाल स्वयंसेवी रक्तदाता समाज गोरखा जिल्ला शाखा समेत गरेर अव नेपाल स्वयंसेवी रक्तदाता समाज २७ जिल्लामा बिस्तार भएको छ।
प्रकाशन मिति–२०७६ साल भदौं २८ गते शनिवार ।