–सानुराजा पुरी
काठमाडौं। नागार्जुन नगरपालिकाका जनप्रतिनिधि र सामुदायिक विद्यालयका विद्यार्थी बीच समसमायिक विषयमा अन्तरक्रिया भएको छ। रामकोट स्थित सीताराम माध्यमिक विद्यालयमा अन्तरक्रिया कार्यक्रम भएको हो।

नागार्जुन नगरपालिकाका मेयर मोहन बस्नेतले कक्षा ११ र १२ मा अध्ययनरत करिव १०० जना विद्यार्थीहरुलाई नगरपालिकाले शिक्षा क्षेत्रमा गरेका कार्यको जानकारी दिएका थिए। अनुशासनले जीवनको हरेक क्षणमा महत्व रहने, विद्यार्थीको आजको दिनमा सामाजिक दायित्व धेरै भएकोले अध्ययनमा निरन्तर लाग्न मेयर बस्नेतले विद्यार्थीहरुलाई सुझाव दिएका थिए ।

विद्यार्थीहरुको एक जिज्ञासा सडक हिलो धुलो मात्र छ भन्ने सम्बन्धमा मेयर बस्नेत “अब को तीन महिना भित्र सडक निमार्ण सम्पन्न हुने र चैत्र/बैशाख ०७७ सालमा पीच सडकमा जनता हिडन र गुडन पाउने” वताए । भोलि पनि नगरपालिकामा यस क्षेत्रका माननीयहरु संग सडकको विषयमा छलफल छ, आसा गरौ तपाईहरुले छिटो भन्दा छिटो राम्रो सडकमा हिडन पाउनु हुनेछ । नागार्जुनको जेष्ठ विद्यालय र आफू पनि यस विद्यालयको पूर्व विद्यार्थी समेत रहेकोले यस विद्यालयको लागि आवश्यक भौतिक पूर्वधार विकासको लागि नगरको तर्फ बाट आर्थिक सहयोग गर्ने बाचा विद्यार्थीहरु माझ मेयर बस्नेतले गरेका थिए ।

नागार्जुन नगरपालिका वडा नं ६ का वडा अध्यक्ष राजेन्द्र बुढाथोकीले अनुशासन विद्यार्थीको गहना भएकोले यसलाई पलान गरी भविष्य उज्वल बनाउन शुभकामना दिए । आज नेपालमा डेगो रोगको समस्या विकरा भएको हो कि ? विकराल बनाएको हो सो को वारेमा विद्यार्थीहरु चनाखो हुनुपर्दछ । डेगी रोगको बारेमा जनचेताना फैल्याउन आवश्यक भएकोले सबै विद्यार्थीहरुले यसको बारेमा जानकारी लिने र जनचेतना फैल्याउन सहयोग गर्न आब्हान गरेका थिए । विद्यालयको हित प्रगतिका लागि नगरपालिकको साथ सहयोग सधै रहने बुढाथोकीले वताए ।

विद्यालयक व्यवस्थापन समिति अध्यक्ष हरि शर्मा खनालले सामुदायिक विद्यालयमा मेयर र विद्यार्थी वीचको यस्तो अन्तरक्रिया कार्यक्रम पहिलो भएकोले यसले विद्यार्थी माझ स्थानीय सरकार र यसले गर्ने कार्यको वारेमा जानकारी भएको बताए। सीताराम मा.वि. का प्राचार्य सुरेन्द्र बहादुर थापाले सामुदायिक विद्यालयमा जनप्रतिनिधिहरुले गरेको सहयोगका लागि धन्यवाद दिएका थिए ।

यस नगरको पुरानो र इतिहास वोकेको विद्यालय भएकोले मेयर, वडा अध्यक्ष एव समुदायले सहयोग गरेकोले विद्यार्थीहरु संख्या पनि उल्लेख्य रहेको एवम विद्यालयको शैक्षिक गुणस्तर राम्रो रहेको विद्यालयको जिकिर रहेको छ ।


प्रकाशन मिति–२०७६ साल भदौं २८ गते शनिवार ।