काठमाडौं। चितवनको कालिका नगरपालिका वडा नम्बर–३ को कार्यालयमा आगजनी भएको छ ।

वडा कार्यालयमा बिहीबार राति अज्ञात समूहले आगजनी गरेको कालिका नगरपालिकाका मेयर खुमनारायण श्रेष्ठले बताएका छन्। इमेज खवरका अनुसार,आगजनीबाट कार्यालयका कागजात, कम्प्युटर, प्रिन्टर, टेबुल, कुर्सीलगायतका सामग्री जलेका छन् । कार्यालयको झ्याल खोलेर पेट्रोल छर्केर आगजनी गरेको देखिएको मेयर श्रेष्ठको भनाई रहेको छ।


आगजनी कसले र किन गरेको भन्नेबारे केही नखुलेको र अनुसन्धान शुरु गरेको प्रहरीले जनाएको छ।
प्रकाशन मिति–२०७६ साल साउन १७ गते शुक्रवार ।