Smoking Barsha Rautकाठमाडौ । चुरोट खानु स्वास्थ्यको लागि हानिकारक छ । यो हानिकारक चुरोट सार्वजनिक स्थानमा खाएर चुरोट नखानेहरुलाई हैरान पार्ने काम धुम्रपानका अम्मलीहरुवाट भैरहेको छ।

त्यसरी हैरान पार्नेहरुले केही महिना यता चुरोट तथा सुर्तीजन्य पदार्थ सेवन गर्नेलाई सरकारले कारवाही गर्ने कुरा प्रकाशमा आएको थियो। सार्वजनिक स्थानमा जथाभावी धुम्रपान गर्नेलाई पहिलोपल्ट चेतावनी स्वरुप १ सय रुपैया जरिवाना गर्ने आमसंचारका माध्यममा सूचना प्रकाशित भएतापनि सरकारले केहीलाई कारवाही गरेतापनि तदारुकताका साथ लागू गर्न सकेको अवस्था छैन्।

त्यसमाथि, चुरोट तथा सुर्तीजन्य पदार्थ सेवन गर्नेहरुलाई त्यस्ता पदार्थको सेवनवाट स्वास्थ्यमा प्रतिकुल असर पार्छ भन्ने थाहा हुंदा–हुंदै पनि उनीहरुले खाँइरहेका छन् । अझ चुरोट खानु हुदैन भन्ने कतिपय डाक्टरहरु पनि चुरोट खाइरहेको देख्न पाइन्छ । यसो हुनुको पछाडि अम्मल हो। अम्मली भएपछि हानिकारक विष हो भन्दा–भन्दै पनि सेवन गर्नेहरुको कमी देखिदैन्।

Smoker Sumina Ghimireधुम्रपानको कारण वर्षेनी धेरैले अकालमा ज्यान गुमाइरहेको वर्तमान परिप्रेक्ष्यमा यसलाई घटाउनको लागि चुरोट तथा सुर्तिजन्य पदार्थमा चर्को कर लगाएपनि यसको सेवन गर्नेहरुको संख्या तुलनात्मक रुपमा वर्षेनी घट्नु पर्नेमा अझ वढ्रिहेको तथ्याङ्कले देखाएको छ ।

खुलेआम प्राज्ञिक क्षेत्र स्कुल–कलेजमा समेत फेसनको रुपमा धुम्रपान गर्नेहरुको नजानिदो किसिमले संख्या बढ्रिहेको छ ।
स्कुल–कलेजमा पढ्ने केटा–केटीहरु नै विद्या आर्जन गर्ने ज्ञानको मन्दिरको प्रांगणमा लुकाएर होस् या देखाएर। चुरोटकाो तलतल मेटाउनेहरुलाई अवश्य थाहा छ। चुरोट कति धेरै हानिकारक छ भनेर । तरपनि, उनीहरु जानी–जानी पनि चुरोट तानिरहेका छन् । भविष्यका यी कर्णधारहरुको यसप्रकारको तालले ध्रुम्रपान गर्नेहरुको संख्या घट्नुको सटृा वर्षेनी वढ्नु स्वभाविक हो।

विभिन्न फिल्महरुमा धुम्रपान गरेको दृश्य अनावश्यक रुपमा देखाउने अनि कतिपय सेलिब्रेटी ठाउं–कुठाउं धुम्रपान गरेर देखिनुले पनि उनीहरुको सिको गर्नेहरुको खासै कमी देखिदैन । पाश्चात्य मुलुकका मोडलहरुको सिको गरेर मोडलिङमा लाग्ने कतिपय महिला तथा पुरुष मोडलहरुले चुरोट खाने प्रवृतिको विकास गरेवाट पनि धुम्रपानका अम्मलीको संख्या बढ्दो छ ।

प्रकाशन मिति–२०७२ साल फागुन २६ गते बुधवार ।