–सनत कुमार थापा

एक थरिलाई दही–दुध खाएर लाग्छ।
अर्को थरिलाई जॉड खाएर लाग्छ ।।

अब कुन चाहिँ खाएर लागेको राम्रो।
छुट्टाऊने पालो चाहि तपाई हाम्रो ।।

कसैलाई खान नपाई भोकले सताउछ।
कसैलाई बिभिन्न रोग लागेर सताउछ।।

वेरोजगारी समस्याले युवा वर्गलाई पिरोल्छ।
उद्योगपतिले हेर उखु किसानलाई रुवाउछ।।

भुलवस गल्ति गर्नेले यहॉ सजाय पाउछ ।
अनियमित काम गर्ने फुर्ती लगाई हिड्छ।।


प्रकाशन मिति–२०७६ साल पुस २२ गते मंगलवार ।