काठमाडौं। नेपालको नेपाली बजारमा सुनको मूल्यमा व्यापक बृद्धि भएको छ। सुनको मूल्यमा हालसम्मकै नयाँ रेकर्ड कायम भएको छ। आइतबार तोलाको ७५ हजार ५०० रुपैया पुगेको सुनको मूल्यमा ५ सय बढेर ७६ हजार कीर्तिमानी मूल्य कायम भएको छ।

यस्तै तेजावी सुनको मूल्य पनि ५ सय बढेर ७५ हजार ७०० मा कारोबार भएको छ। यस्तै सोमबार चाँदी तोलामा २० रुपैयाँ बढेर ९२० रुपैयाँमा कारोबार भएको छ।

अमेरिका इरानबिचको द्धन्द्ध बढ्दै जानु, खाडी मुलुकमा तनाव, डलर मजबुत हुनु र भारतिय मूल्य कमजोर हुनुले सुनको मूल्य बढ्दै गएको जानफकारहरुको भनाई रहेको छ। नेपाली बजारमा सुनको मूल्य अझै बढ्न सक्ने अनुमान गरिएको छ।
प्रकाशन मिति–२०७६ साल पुस २१ गते सोमवार ।