काठमाडौं। संसारभर इन्टरनेटमा पोर्न अर्थात अश्लिल सामाग्री लगायतका फिल्म हेर्ने हरेक चार जनामा तीनजनाले आफ्नो मोबाइल फोनमा पोर्न सामग्री हेर्ने गरेको तथ्य खुलासा भएको छ। एडल्ट साइट पोर्नहबले उक्त तथ्य सार्वजनिक गरेको हो।

एडल्ट साइट पोर्नहबको तथ्यांक अनुसार पोर्न सामग्री हेर्नका लागि विश्वव्यापी रूपमै मोबाइल फोन पहिलो रोजाइमा परेको छ। डेस्कटप र ल्यापटपमा पोर्न सामाग्री हेर्नेको संख्या घट्दै गएको छ। बितेको वर्ष सन् २०१९ मा पोर्नहबमा अश्लील सामग्री हेर्नेहरूमध्ये ७७ प्रतिशत ट्राफिक मोबाइल फोनबाटै आएको छ। यो संख्या सन् २०१८ को भन्दा १० प्रतिशतले बृद्धि भएको हो।

मोबाइलबाट पोर्न सामग्री हेर्ने मामिलामा भारत पहिलो स्थानमा परेको छ। भारतमा इन्टरनेटमा हेरिने पोर्न सामग्रीमध्ये ८९ प्रतिशतले मोबाइलमा पोर्न सामग्री हेर्ने गरेका छन्।

दोस्रो स्थानमा अमेरिका छ। अमेरिकामा पोर्न सामाग्रीका दर्शकमध्ये ८१ प्रतिशतले मोबाइलबाट हेर्ने गर्दछन् भने तेस्रो स्थानमा रहेको ब्राजिलमा यो हिस्सा ७९ प्रतिशत रहेको छ। त्यस्तै मोबाइलबाट पोर्न हेर्नेमा बेलायत ७४ प्रतिशतसहित चौथो र जापान ७० प्रतिशतसहित पाँचौं स्थानमा रहेको छ।


(समाचार एजेन्सीको सहयोगमा)
प्रकाशन मिति–२०७६ साल पुस २१ गते सोमवार ।