काठमाडौं। प्रदेश सरकारको नामांकरणमा ३ नंबर प्रदेशको नामांकरण विषय नै पेचिलो बन्दैगएको छ। सवैको ध्यानाकर्षण हुंदैआएको ३ नंबर प्रदेशका नामांकरण सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को केन्द्रिय बैठकवाट गरेपछि सत्तारुढ सांसदहरुलाई नै निल्नु न ओकल्नु भएको छ।

नेकपाको केन्द्रिय बैठकवाट ३ नंबर प्रदेशका नामांकरण बागमती प्रदेश गर्न र गराउन ३ नंबर प्रदेशका सत्तारुढ सांसदहरुलाई व्हीप न जारी गरेपछि पहिचानको मुददामा दुई सत्तारुढ सांसद डाक्टर अजयक्रान्ति शाक्य र राजेश शाक्य उभिएका छन्।

३ नंबर प्रदेशको नामांकरण बागमती प्रदेशभन्दा नेपालमण्डल हुनुपर्ने अडानमा पहिला देखि देखिएका दुवै सांसदको अडान जारी नै रहेको छ। ३ नंबर प्रदेशका पहिचानको लागि आफूहरु दुईजना मात्र भएतापनि संघर्ष गरिरहेको जानकारी ३ नंबर प्रदेशको मुख्यालय हेटौंडावाट भिजन संसार डटकमलाई सांसद डाक्टर शाक्यले दिएका छन्।

सांसद डाक्टर शाक्यले ३ नंबर प्रदेशको पहिचान भनेको नेपाल मण्डल नै भएको दावी गर्दै ३ नंबर प्रदेशका सवै जिल्ला लिच्छवी कालदेखि नेपालमण्डलमा रहेकोले नेपालमण्डल नाम नै अत्यन्त उपयुक्त भएको बताएका छन्। सत्तारुढ पार्टीको व्यापक व्हीप बागमती प्रदेशमा भएतापनि आफूहरु नेपालमण्डल प्रदेश नामको अडानमा नै रहेको डाक्टर शाक्यको भनाई छ।

अन्तिम समयसम्म पनि आफूहरु ३ नंबर प्रदेशका नेपाली जनताको भावनाको कदर गदैै नेपालमण्डल नामांकरण गर्न र गराउन आफूहरुक्रियाशील रहने जानकारी पनि डाक्टर शाक्यले दिएका छन्।
प्रकाशन मिति–२०७६ साल पुस २२ गते मंगलवार ।