काठमाडौं। नेपालीहरुको बांक्लो बसोबास रहेको इजरायलवाट पनि भिजिट नेपाल २०२० को औपचारिक शुभारम्भ भएको छ।

इजरायलका लागि नेपाली राजदूत डाक्टर अञ्जान शाक्यले इजरायलको तेलअभिबवाट भिजिट नेपाल २०२० को औपचारिक शुभारम्भ गरेकी हुन्।

राजदूत डाक्टर शाक्यले भिजिट नेपाल २०२० को आवश्यकता र औचित्यको बारेमा प्रकाश पार्दै इजरायलवासीहरुलाई नेपाल भ्रमण गर्न प्रेरित गरेकी थिइन्।

भिजिट नेपाल २०२० औपचारिक समारोहमा इजरायलको तेलअभिबमा इजरायलका उच्च अधिकारी देखि प्रतिष्ठित व्यक्ति विशेष देखि नेपालीहरुको बाँक्लो उपस्थिति रहेको इजरायलवाट प्रेषित समाचारमा उल्लेख रहेको छ।


प्रकाशन मिति–२०७६ साल पुस २३ गते बुधवार ।