काठमाडौ। इजरायलमा नेपाली हुनुको बेग्लै गौरबता तथा महानतालाई कायम राख्न सफल प्रतिभाशाली फोटोग्राफर डेन्डुप तामाङले फोटोग्राफीमा बेग्लै आयाम कायम गरेका छन्।

आज मिति १३ अगष्ट २०१८ को दिन छोरा किन्डुप तामाङको प्रथम जन्म दिनको अवसरमा छोरालाई नै मोडल बनाएर अत्यन्त मनमोहक फोटोग्राफी गरेर फोटो कथा नै तयार गरेका छन्। जुन परदेशमा बाउआमाले बालबच्चाप्रति गरिएको ठूलो माया र सदभावको रुपमा डेन्डुप तामाङको फोटोग्राफीलाई मानिएको छ।

बाउआमाको बालबच्चाप्रतिको भावुकता तथा गौरबता अनि करोडौ माया नै माया फोटो तथा व्यवहार दुवैवाट पोख्ने कार्य डेन्डुप र उनको जीवन संगीनी कविता क्षेत्रीवाट भएको छ। परदेशमा बच्चा पाउनु तथा तिनलाई हुर्काउनुको कठिनाइ अनि त्यो कठिनाइमा छोराको त्यो मुस्कानले सारा दुःख भुलाएको कुरालाई डेन्डुप र कविताले दिल खोलेर छोराको जन्म दिनमा कविता लेखेरै मनभरिको माया अनि मुटुभरिको प्यारलाई पोखेका छन्।

जुन आमा–बुवा हुनुको गौरबतालाई डेन्डुप र कविताले प्रस्तुत गरेका छन्। किन्डुपको यी महान आमा–बाबा कवित र डेन्डुप सवैको प्रेरणाको विषय बनेको छ। यति धेरै आमा र बाबाको प्यार र माया पाउने किन्डुप बाबुलाई भिजन संसार डटकम परिवारको तर्फवाट पनि जन्म दिनको लाखौ लाख शुभकामना।

प्रस्तुत छ–डेन्डुप र कविताले छोरा किन्डुपको जन्म–दिनको अवसरमा छोरालाई समर्पित गरेर कोरिएको नेपाली र अंग्रेजीमा कोरिएको कविता-

सृष्टिको एउटा फुल तिमी
मेरो जिन्दगीको अनमोल सुगन्ध बनी आयौ
जे जति चाहाना र सपना हरु थिए
त्यो भन्दा सयौंगुणा ज्ञानी भएर छायौ
तिम्रो मन र यो मनको सम्बन्धले होला
तिम्रा प्रत्येक संकेतलाई राम्रोसँग पढ्दथे
संकेत हेर्दाहेर्दै तोतेबोली बोल्ने भयौ
तिमी मेरो मुटुको टुक्रा ??
कामबाट फर्कि आउदा गलेका ती मासीहरु
तिम्रो त्यो लट्ठ पार्ने मुस्कानले ओखतिको काम गरि दिदा
अरु नानीहरू रोएर दिक्क लाउदा तिमी भने आमालाई
दु:ख नदिई छेउमै आफै एक्लै खेलि दिदा
मनमनै खुसीले गदगद हुने यो मेरो मन
मुहारमा रहेको चमक सहितको त्यो तिम्रो रुप
तिमी त साच्चै मेरो प्यारो छोरो किन्डुप
?
तिमिलाई पहिलो बर्षको जन्म दिनको शुभकामना

Today is exactly 365 days, how you live on this planet. You have loving parents, a lot of beautiful toys and the most important thing is that the best is waiting for you ahead. Happy 1st birthday! Lots of Love from your Dad and Mom love you King Kindup….

Image may contain: car and outdoor

प्रकाशन मिति–२०७५ साल साउन २८ गते सोमवार ।