काठमाडौ। गर्भमा नै छोरी भएको पहिचान हुनासाथ छोरी नजन्माउनेहरुको अत्याधिक संख्या भएपछि छोरी जन्माउन प्रोत्साहन गरिन थालेको छ। छोरी जन्माउने अभिभावकलाई नगद २५ हजारको मुद्दती खाता खोलिदिने प्रोत्साहन कार्यक्रम ल्याइएको हो।

यो समाचार पश्चिम नेपालको रुपन्देशीको ओमसतिया गाउंपालिकाको हो। यस गाउंपालिकाका अधिकांशले छोराको पहिचान गरेर छोरा मात्र जन्माउन थालेपछि गाउंपालिकाले त्यसप्रकारको छोरी जन्माउ प्रोत्साहन कार्यक्रम ल्याइएको हो।

यस कार्यक्रमको लागि गाउँपालिकाले चालू आर्थिक वर्षमा एक करोड २१ लाख बजेट बिनियोेजन गरिसकेको छ। गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजु नेपालले कार्यक्रमले गर्भपतन र बालविवाह रोक्ने विश्वास लिएको बताएका छन्।

यस कार्यक्रम अन्तर्गत प्रत्येक बालिका जन्मेपछि मुद्दती खाता खोलिनेछ। सो खातामा गाउँपालिकाले २० हजार र अभिभावकले ५ हजार रुपैयाँ राख्नुपर्नेछ। मुद्दती खाता बालिकाको नाममा खोलिनेछ। विपन्न परिवारका लागि भने ५ हजार जम्मा गर्न अनिवार्य गरिएको छैन्।

प्रकाशन मिति–२०७४ साल फागुन २० गते आइतवार ।