–दानदास श्रेष्ठ
काठमाडौं। यतिखेर स्वदेशमा भिजिट नेपाल २०२० को रौनक छ भने मित्रराष्ट्र्का विविध मेलाहरुमा पनि नेपाली सहभागिता जारी रहेको छ। जर्मनीको फ्रान्कफर्टमा आगामी हप्ता हुन गइरहेको विश्वभरका उत्पादक व्यवसायी उपभोक्ताको बृहत् मेला मेस्से फ्रान्कफर्टमा नेपाल सहभागी हुँदै छ।
झन्डै ८ सय वर्षअघिको मेस्से (जर्मन भाषामा मेला अर्थात् प्रदर्शनीलाई मेस्से भनिन्छ) परम्परालाई कायम राख्दै मित्रराष्ट्र् जर्मनी विश्वका सयौं मुलुकको व्यापार व्यवसायको उन्नयनका भरपर्दाे मित्रको भूमिका निर्वाह गर्न सफल भएको छ भन्दा अत्युक्ति नहोला।
नेपाली दूरदराजका ग्रामीण समाजमा अझै पनि जीवन्त रहेको हाटबजारको परम्परासँग दुरुस्त मेल खाने जर्मनीको मेस्से परम्पराले अन्तर्राष्ट््िय छाताकै रुपमा काम गरिरहेको छ । तिनै अन्तर्राष्ट्र्यि हाटबजारको विशाल रुप धारण गरेको बहुचर्चित मेस्से फ्रान्कफर्टमार्फत विश्वका १ सय ७० राष्ट्र्का उत्पादक व्यवसायीहरु उपभोक्तासम्म पुगेर सेवा प्रवाह गर्न सक्षम भएको पाइएको छ । सो मेलामा नेपालको पनि सहभागिता रहँदै आएको छ। 
मेस्से फ्रान्कफर्ट अन्तर्राष्ट्र्यि हाट बजारमा विगत चार दशकदेखि निर्यातजन्य नेपाली मौलिक उत्पादनहरुको व्यापार व्यवसाय पनि हुने गरेको सुखद खबर आम नेपाली उद्यमी व्यवसायीहरुका लागि गौरवको विषय हो । मेस्से फ्रान्कफर्ट २०२० का लागि अर्काे हप्ता त्यसतर्फ मेस्से फ्रान्कफर्टका निम्ति नेपालको प्रतिनिधित्व गरिरहेका सक्रिय युवा उद्यमी विनोद मल्ल जाने भएका छन्।  
हाम्रो जस्तो सदैव व्यापार घाटामा रुमल्लिइरहनुपरेको मुलुकका लागि मेस्से फ्रान्कफर्ट एउटा वरदानकै रुप साबित हुन्छ कि भन्ने जिज्ञासालाई मेट्दै मेस्से फ्रान्कफर्ट नेपाल प्रतिनिधि युवा उद्यमी व्यवसायी विनोद मल्लले नेपाली मौलिक उत्पादन गुणस्तरीयतालाई विशेष जोड दिइने बताएका छन्। 
एउटा विश्वव्यापी नवीनतम सफलताको उदाहरणकै रुपमा रहेको मेस्से फ्रान्कफर्टअन्तर्गत जर्मनीमा हुन गइरहेको एम्बिआन्टे मेला विशेष गरेर डाइनिंग, लिभिंग र गिभिंग अर्थात् भान्छाका सरसाधन, बैठकका विविध सामान र उपहारजन्य पहिरन परिधानको विश्वव्यापी खरिदविक्री स्थलको विराट रुप पनि भन्न सकिने मल्लको भनाइ रहेको छ।
मेस्से फ्रान्कफर्ट एउटा आफैमा विशाल मेला त हुँदै हो यस महामेलाबाट नेपालजस्तो मुलुक कसरी लाभान्वित हुन सक्छ त भन्ने प्रश्नमा मेस्से फ्रान्कफर्ट नेपाल रिप्रिजेन्टेटिभ मल्लले नेपाली पश्मिना, ह्यान्डीक्राफ्ट, मूर्तिकलालगायतका विश्वमै चर्चित र विश्वले नै सहृदयताका साथ अपनत्व दिएका बस्तुहरुको प्रत्यक्ष खुद्रा विक्रीभन्दा पनि थोकमा अर्डर फेयरमा जान सकेको खण्डमा अत्यधिक लाभ लिन सकिने स्पष्ट पारेका छन्।
मल्लका अनुसार, मेस्से फ्रान्कफर्टमा नेपालले एउटा बस्तुको प्रदर्शनी मात्र गर्ने नभई टेक्सटाइल, अटोमोबाइल्स, लाइट एन्ड बिल्ंिडग्स, यार्न एक्स्पोलगायतका १०० भन्दा बढी प्रदर्शनीहरु गर्ने लक्ष्य लिएको छ। मुख्य आधार क्षेत्रचाहिँ फ्रान्कफर्ट भए पनि नेपालले जर्मनीका विभिन्न स्थानहरुमा पनि मेस्से फ्रान्कफर्टअन्गर्तत थुप्रै प्रदर्शनीमा सहभागी हुनुका साथै नेपाली स्वदेशी हस्तकलालाई प्रवद्र्धन गर्ने कार्यमा दत्तचित्तका साथ अगाडि बढिरहेको छ । 
फ्रान्कफर्टको स्थानीय सरकारको समन्वयमा आगामी फेब्रुअरी ७ देखि ११ सम्म जर्मनीको फ्रान्कफर्टमा आयोजना हुन गइरहेको मेस्से फ्रान्कफर्ट एक्जिविशनमा नेपाललगायत विश्वका झन्डै २ सय मुलुक सहभागी हुँदै छन् । तीमध्ये विश्वका टप टेन सहभागी आगन्तुकको रुपमा विगत एक्जिविशनमा सहभागी इटली, चीन, फ्रान्स, बेलायत, नेदरल्यान्ड्स्, स्पेन, अमेरिका, स्वीटजरल्यान्ड, दक्षिण कोरिया र टर्कीकै बर्चश्व यस पटकको प्रदर्शनीमा पनि रहने अनुमान गरिएको छ ।
विगतका प्रदर्शनी पछिल्ला अवधारणाहरुको जानकारी दिन निकै लाभप्रद भएको थियो । त्यसै गरी नयाँ बस्तुहरुको अवलोकन र खोज गर्ने कार्यका लागि पनि प्रदर्शनी राम्रो सहायकसिद्ध भएको आयोजकहरुको भनाइ रहेको छ । नयाँ व्यापारिक सम्पर्क सम्बन्धका क्षेत्रमा पनि प्रदर्शनीले निकै राम्रा टेवा पुर्याएको छ नै, त्यसै गरी, विद्यमान व्यापार व्यवसायलाई अझ प्रगाढता दिनपनि अहिलेको प्रदर्शनीले ठूलो जोड दिने अपेक्षा गरिएको छ । 
प्रकाशन मिति–२०७६ साल माघ २० गते सोमवार ।