काठमाडौं। नेपाल आयल निगमले खाना पकाउने ग्यासको मूल्य प्रतिसिलिण्डर २५ रुपैयाँ बढाएको छ। पेट्रोल, डिजल र मट्टीतेलको मूल्य भने प्रतिलिटर एक रुपैयाँ घटेको छ। मूल्यवृद्धिपछि अब खाना पकाउने ग्यासको मूल्य प्रतिसिलिण्डर १ हजार ३ सय ७५ रुपैयाँ पुगेको छ।

सोमबार राति १२ बजेदेखि लागू हुने गरी पेट्रोल, डिजल र मट्टितेलको मूल्य लिटरमा एक रुपैयाँ घटाएको निगमका प्रवक्ता वीरेन्द्र गोइतको भनाई रहेको छ। अब काठमाडौं उपत्यकामा पेट्रोलको मूल्य प्रतिलिटर १ सय १० रुपैयाँ र डिजल तथा मट्टितेलको मूल्य ९९ रुपैयाँ कायम भएको छ।

नेपाल आयल निगमद्वारा जारी विज्ञप्तिमा अन्तरराष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको नयाँ अन्तरराष्ट्रिय बजार मूल्य घटेको र ग्यासको बजारमूल्य बढेको हुनाले खाना पकाउने ग्यासको मूल्य बढाएर तेलको मूल्य घटाइएको उल्लेख छ।

खाना पकाउने ग्यासको मूल्य प्रतिसिलिण्डर १ हजार ३ सय ७५ बनाइएपनि हवाई इन्धनको मूल्य भने नबढाइएको निगमले जनाएको छ।


प्रकाशन मिति–२०७६ साल माघ २० गते सोमवार ।