–सनत कुमार थापा
जाडो याममा लौ हेर घाम ताप्न सबै झुमिन्छन् ।
घामको ताप मधुरो हुॅदा ति दुला भित्र छिर्छन ।।

शक्तीमा हुॅदा हेर कस्ता मानिस तिम्रा वरिपरि हुन्छन् ।
शक्ति नहुॅदा ति मानिस अर्को शक्ति केन्द्रमा पुग्छन् ।।

शक्तिका आडमा गर्नै नहुने कार्य ति अपराधिले गर्छन।
थाहा नहुन शक्छ मर्कामा परेका तिमि संग चिढिन्छन।।

अपराधिक मानसिकता भएकाले तिमिलाई प्रयोग गर्छ।
समयमै विचार गर तिमी सबैको आदरणिय बन्नु पर्छ ।।

हरेक मानिसलाई यस्तो अबसर पटक पटक आउदैन ।
घरि घरि ईतिहास रच्ने अबसर कसैलाई पनि मिल्दैन ।।

जाली फटाह र अनैतिक कार्यमा लिप्तको चुंगुलमा नफस।
समय आउछ जान्छ असल र ईमान्दारको वरिपरि तिमी बस ।।

बिबेकपुर्ण भई कानुन सम्मत कार्य गरि रच आफ्नो ईतिहास।
बचाउ यो राष्ट्लाई अपराधिक मानिसहरू बाट हुन बिनास ।।

प्रकाशन मिति–२०७६ साल पुस ५ गते शनिवार ।