काठमाडौं। कोभिड–१९ को बर्षेनीको नयाँ नयाँ संस्करणले सवैतिर जस्तै बढीमात्रामा असर शैक्षिक क्षेत्रमा पनि परेको छ। विद्यार्थीको शैक्षिक सत्र अलपत्र पर्नुको अलावा भौतिक पठन–पाठन नहुंदा सरकारी विद्यालयलाई भन्दा नीजि विद्यालयलाई चर्को मार परेको छ।

अर्कोतर्फ, विदेशमा उच्चशिक्षा अध्ययन गर्न जान चाहने विद्यार्थीहरुको चाहना वितेको दुई बर्षदेखि स्टप जस्तो नै भैरहेको छ। विदेशमा अध्ययन अध्यापन गर्न र गराउनका लागि नीजि क्षेत्रवाट संचालित हजारौ शैक्षिक संस्थाहरु कोभिड–१९ को कारण वितेको दुई बर्ष यता चर्को मारमा परेको यथार्थताको खुलासा काठमाडौंको चावहिल स्थित सेसन जापानी भाषा स्कुलका म्यानेजिङ डाइरेक्टर गंगाराम बस्नेतले गरेका छन्।

अध्ययन र रोजगारीको लागि आकर्षक गन्तव्यको रुपमा रहेको उन्नत मुलुक जापानमा अध्ययनको लागि विगत आठ बर्षदेखि भाषा शिक्षण तथा परामर्श दिदैआएको सेसन जापानी भाषा स्कुलले हजारौं नेपाली विद्यार्थीहरुलाई जापानमा अध्ययन र रोजगारीको सहयोग गर्दैआएको छ।

यहाँवाट जापान अध्ययनका लागि गएका कुनैपनि नेपाली विद्यार्थीहरु दुःखी नभएको र खुशी भएर धन्यवाद दिनेको गरेको वताउने म्यानेजिङ डाइरेक्टर बस्नेत कोभिड–१९ को कारण भने, जापान अध्ययनका लागि ठीक भएका धेरै नेपाली विद्यार्थीहरुको भिसा रोकिएको चाँडै जापानमा अध्ययनको आशामा बसेका सयौं नेपाली विद्यार्थीहरु रहेको बताउंछन्।

कोभिड–१९ को कारण जापान जान रोकिएका विद्यार्थी तथा जाने सपना वोकेका धेरै विद्यार्थीहरु जापानी भाषा सिकेर अझ सबल बन्न भाषा स्कुलमा आउने गरेको बस्नेत भन्छन्। जसवाट उनीहरुको बृति विकास भएको र अझ उनीहरुमा आत्मबल बढेर परिपक्वता आएको तर्क गर्दै आज नभए त भोलि अवश्य कोभिड–१९ को अन्त्य हुने निश्चित छ भन्दै यसवाट विचलित नहुन पनि अनुरोध गर्छन् । प्रयास गर्नेहरु अवश्य पनि सफलताको बाटोमा पुग्ने बताउंछन्।

बाँकी कुरा यो भिडियोमा सेसन जापानी भाषा स्कुलका म्यानेजिङ डाइरेक्टर गंगाराम बस्नेतको आवाज–

प्रकाशन मिति–२०७८ साल माघ १४ गते शुक्रवार ।