काठमाडौं। कोरोना कहरमा रगत तथा रक्ततत्वको आवश्यकता र यसको हाहाकारलाई मध्यनजर गर्दै प्रत्येक हप्ता शनिवार जागरुक युवा समाजको आयोजनामा विशेष रक्तदान कार्यक्रम हुंदैआएको छ। समाजका जुझारु युवा राजीव श्रेष्ठको कार्यक्रम संयोजनमा काठमाडौं महानगरपालिका वडा नंबर १७ स्थित क्षेत्रपाटी ढल्कोमा तेश्रो हप्ताको विशेष रक्तदान कार्यक्रम भएको हो।

बागमती प्रदेशका युवा सांसद बसन्त मानन्धरको प्रमुख आतिथ्यतामा भएको रक्तदान कार्यक्रममा १७ जना रक्तदाताहरुले रक्तदान गरेका थिए। कार्यक्रममा काठमाडौं महानगरपालिका वडा नंबर १७ का वडा अध्यक्ष नविन मानन्धर, वडा नंबर २४ का वडा सदस्य विनोद तुलाधर, ब्लोदानका प्रेसिडेन्ट सानुबाबु प्रजापतिको विशेष आतिथ्यता थियो।

ब्लड डोनर एशोसियसन (ब्लोदान), श्रीसत्य साइ संगठन नेपाल
र लायन्स क्लव अफ काठमाडौं ब्लड सर्कलको सहयोगमा रक्तदान कार्यक्रम भएको जानकारी कार्यक्रम संयोजक राजीव श्रेष्ठले भिजन संसार डटकमलाई वताएका छन्। आगामी शनिवार काठमाडौं महानगरपालिका वडा नंबर २४ स्थित इटुम्बहालमा अर्को विशेष रक्तदान कार्यक्रम हुने पनि कार्यक्रम संयोजक श्रेष्ठले भनेका छन्।


प्रकाशन मिति–२०७७ साल असोज १७ गते शनिवार ।