काठमाडौं। सरकारले जेठ १८ गतेसम्म अन्तर्राष्ट्रिय उडान नखोल्ने निर्णय गरेको छ। मन्त्रिपरिषद् बुधबार बसेको बैठकले जेठ १८ गतेसम्म आन्तरिक र बाह्य दुबैतर्फका उडान रोक्ने निर्णय गरेको हो।

सरकारले जेठ १८ गतेसम्म अन्तर्राष्ट्रिय सीमा नाकामा आवागमन बन्द गर्ने निर्णय पनि गरेको छ। बैठकले देशभर लगाइएको लकडाउनलाई पनि जेठ ५ सम्म लम्ब्याउने निर्णय गरेको छ।

विश्वव्यापी बनेको कोरोना महामारीका कारण सरकारले २०७६ चैत्र ११ गतेदेखि देशभर लकडाउन गरेको छ भने त्यसयता लगातार हवाई सेवा पनि बन्द गरिएको छ।
प्रकाशन मिति–२०७७ साल बैशाख २४ गते बुधवार ।