Agaraj Samaj 2काठमाडौ। नेपालका जेष्ठ नागरिकहरुले सामाजिक सुरक्षा अन्तर्गत सरकारले दिदैआएको जेष्ठ नागरिक भत्ता मासिक पाँच हजार पुर्याउनु पर्ने सरकारसंग माग गरेका छन्। पूर्वउपप्रधानमन्त्री तथा नेकपा एमालेका बरिष्ठ नेता भरतमोहन अधिकारीको प्रमुख आतिथ्य तथा विष्णु चौलागाइँको सभापतित्वमा अग्रज नेपाल नामक संस्थाले काठमाडौमा आयोजना गरेको कार्यक्रममा उनीहरुले उक्त माग गरेका हुन्।

Agaraj Samaj 1

सहभागीहरुले जेष्ठ नागरिकहरुको औषधि–उपचार सरकारी अस्पतालमा निःशुल्क गरिनुपर्ने र निजी अस्पतालहरुमा ५० प्रतिशत छुट दिनुपर्नेमा जोड दिए। उनीहरुले सार्वजनिक यातायातमा ५० प्रतिशत छुटको माग राख्दै धर्नाकाक्रममा मृत्यु भएका जेष्ठ नागरिकहरुलाई सहिद घोषणा गर्नुपर्ने मागसमेत गरेका छन्।
प्रकाशन मिति–२०७३ साल साउन १३ गते विहीवार ।