काठमाडौ। बेलायतको नयाँ प्रधानमन्त्री टेरेसा मे बनेकी छन्। बेलायतको कन्जरभेटिभ पार्टीकी नेतृ टेरेसा डेभिड क्यामरुनले बेलायतको प्रधानमन्त्री पदवाट राजिनामा दिएपछि नयाँ प्रधानमन्त्री बनेकी हुन्।बेलायत युरोपियन युनियनबाट बाहिरिने पक्षमा मतदान भएपछि क्यामरुनले राजीनामा दिएका हुन्।

UK Prime Minister Teresha May

प्रधानमन्त्री बनेलगत्तै टेरेसाले इयुबाट बाहिरिएपछि बेलायतले विश्वमा आफ्नो छुट्टै र साहसी भूमिका निर्वाह गर्ने बताइन्। टेरेसाले आफ्नो सरकार केही विशेष व्यक्तिका लागि नभएर सबै नागरिकका लागि भएको बताइन्। प्रधानमन्त्री बनेलगत्तै टेरेसाले मन्त्रिपरिषद् विस्तार गरेकी छन्। इयुबाट बाहिरिने पक्षमा प्रचारप्रसार गरेका बोरिस जोनसन विदेश मन्त्रीमा नियुक्त भएका छन्।

क्यामरुनको सरकारमा विदेश मन्त्री रहेका फिलिप ह्यामण्ड अर्थ मन्त्री बनेका छन्। यस्तै पूर्व उर्जा मन्त्री एम्बर रुड्ड गृहमन्त्री बनेका छन् । यस्तै डेबिस डेविस ब्रेक्सिट मन्त्री बनेका छन्। ५९ वर्षीया प्रधानमन्त्री टेरेसा मे बेलायतको प्रधानमन्त्री बन्ने दोस्रो महिला हुन् । यसअघि मारग्रेट थ्याचर बेलायतको पहिलो महिला प्रधानमन्त्री बनेकी थिइन्। टेरेसा सन् १९९७ देखि लगातार बेलायती संसद्को सदस्य रहेकी थिइन् । टेरेसा प्रधानमन्त्री बन्नुअघि डेभिड क्यामरुनले महारानीसमक्ष राजीनामा बुझाएका थिए। (एजेन्सी)
प्रकाशन मिति–२०७३ साल असार ३० गते विहीवार ।