काठमाडौ। नेपाल स्वयंसेवी रक्तदाता समाजका केन्द्रीय अध्यक्ष प्रेमसागर कर्माचार्यको प्रमुख आतिथ्यतामा बृहत रक्तदान कार्यक्रम संपन्न भएको छ। डोटेली समाज काठमाडौंद्वारा शनिवार काठमाडौंको बानेश्वरस्थित रत्नराज्यलक्ष्मी माध्यमिक विद्यालयको प्राङ्गणमा बृहत् रक्तदान कार्यक्रम भएको हो।

१ सय १० जना स्वयंसेवी रक्तदाताहरुले रक्तदान गरेको कार्यक्रममा प्रमुख अतिथि नेपाल स्वयंसेवी रक्तदाता समाजका केन्द्रिय अध्यक्ष प्रेमसागर कर्माचार्य स्वयम्ले रक्तदान गरेर समापन भएको थियो। प्रमुख अतिथि कर्माचार्यको १ सय ५७ औं पटकको रक्तदान रहेको छ। डोटेली समाज काठमाडौंका अध्यक्ष जगदीश के।सी।को सभापतित्वमा बृहत रक्तदान कार्यक्रम भएको थियो।

नेपालमा हालसम्म सर्वाधिक रक्तदान गरेर रेकर्ड कायम गरिसकेका प्रमुख अतिथि कर्माचार्यलाई आयोजकको तर्फवाट अभिनन्दन समेत गरिएको थियो।


प्रकाशन मिति–२०७५ साल फागुन १८ गते शनिवार ।