काठमाडौं। तिथिको घटबढले यो बर्षको म्हःपूजा कतिपय नेवारहरुले हिजो अर्थात सोमवार गरेका छन्भने कतिपयले आज मंगलवार गरेका छन्। विशेषत काठमाडौंका नेवारहरुले मंगलवार म्हःपूजा मनाउने कार्य गर्दैछन्।

ललितपुर, भक्तपुर लगायत वाहिरका नेवारहरुले सोमवार नै म्हःपूजा मनाउने कार्य गरेका छन्। तिथिको घटबढ अनुसार, सोमवार रातिवाटै म्हःपूजा गर्न मिल्ने पञ्चाङ्क निर्णायक समितिको भनाइ छ। मंगलवार पनि म्हःपूजा गर्ने नेवारहरुले भने, राति मात्र गर्ने भएका छन्।

मंगलवार विहानवाट नेपाल संवत अनुसार, नयाँ बर्ष ११४० को प्रारम्भ भएको कारण नयाँ बर्ष शुभकामना कार्यक्रम अर्थात न्हूँद भिन्तुना समारोह काठमाडौंको बसन्तपुरवाट विहान ७ वजेवाटै शुरु भएको छ।

आज मंगलवार नै भाइटीका परेको कारण गैरनेवारहरुले भाइटीका मनाउने कार्य भएको छ। कतिपय नेवारहरुले आजै भाइटीका मनाएपनि अरुले भोलि बुधवार मात्र मनाउने भएको छ। आजको भाइटीकाको शुभ–साइत विहान ११ः५५ रहेको छ। ११ः५५ पछि जतिसुकै वेला दिनभर भाइटीका मनाउन सकिने छ।


प्रकाशन मिति–२०७६ साल कात्तिक १२ गते मंगलवार ।