काठमाडौं। काठमाडौंको त्रिवि शिक्षण अस्पतालमा महाराजगञ्जमा उपचारत एक बिरामीका कोरोना संक्रमण देखिएको छ।

संक्रमण देखिएपछि अस्पतालको वार्ड सिल गरिएको छ। कपिलवस्तुवाट सात दिन अघि उपचार गर्न आएकी एक बालिकामा कोरोना संक्रमण देखिएको शिक्षण अस्पतालले जनाएको छ।

न्युरो सर्जरी वार्डमा उपचार गराइरहेको बालिकाको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा परीक्षण गर्दा कोरोना पोजिटिभ देखिएको अस्पतालले जनाएको हो।

अस्पतालका निर्देशन डा.प्रेमकृष्ण खड्गाले कोरोना पोजिटिभ देखिएको खबर आएसँगै अस्पतालका केही वार्ड सिल गरिएको भनेका छन्।
प्रकाशन मिति–२०७७ साल जेठ १ गते विहीवार ।