काठमाडौं। नेपालको दोश्रो कारोनाभाइरस संक्रमित काठमाडौंकी प्रसिद्धि श्रेष्ठलाई कोरोना संक्रमितलाई घृणाको दृष्टिले नहेर्न अनुरोध गरेकी छन्।

आफू फ्रान्सवाट नेपाल आउने क्रममा कोरोनाभाइरसको संक्रमित भएको र नेपालमा आउने क्रममा आफ्नो वारेमा पनि अनेक अफवाह फैलाएको तितो यथार्थ पोख्दै कोही पनि संक्रमितको नाममा त्यसरी अफवाह नफैलाउन पनि प्रसिद्धिले आग्रह गरेकी छन्।

आफू संक्रमित भएको थाहा पाउनासाथ आफू सेल्फ आइसोलेसमा बसेको चश्मा, मास्क, स्यानिटाइजर लगायतको प्रयोग गरेको तथा सामाजिक दूरी कायम गरेको बताउंदै २७ दिनको उपचार पश्चात आफू पूर्ण रुपमा निको भैसकेको तथा हाल स्वस्थ रहेको बताएकी छन्। सवैलाई कोरोनाभाइरसवाट सचेत हुन आग्रह गरेकी छन्।


प्रकाशन मिति–२०७७ जेठ १ गते विहीवार ।

https://www.facebook.com/watch/?v=2493085470941581