काठमाडौं। नेपालमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या २५० पुगेको छ। बिहीबार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा थप ५ जनामा संक्रमण पुष्टि भएसँगै संक्रमितको संख्या २५० पुगेको हो।

बिहीबार संक्रमण पुष्टि भएकाहरुमा सर्लाहीका ४५ वर्षीय पुरुष, धनुषाका २० वर्षीया महिला र ४० वर्षीय पुरुष महोत्तरीका १६ र ३५ वर्षीय पुरुष रहेको स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डाक्टर समिरकुमार अधिकारीले विज्ञप्ति मार्फत जनाएका छन् ।

हालसम्म पर्सामा ८५, उदयपुरमा ३२, कपिलवस्तुमा ३९, बाँकेमा २५, रुपन्देहीमा २८, काठमाडौंमा ७, कैलाली, धनुषा र महोत्तरीमा ४ र ४, रौतहट, बारा र सर्लाहीमा ३ र ३ तथा बागलुङ, चितवन, झापा र भक्तपुरमा २–२ जनामा कोरोना संक्रमण देखिएको छ।

त्यस्तै भोजपुर, सप्तरी, बर्दिया, कञ्चनपुर र नवलपरासीमा एक–एक जनामा संक्रमण पुष्टि भएको छ। संक्रमण पुष्टि भएकामध्ये ३५ जना निको भए पनि ३ जनामा पुनः संक्रमण देखिएकाले अस्पताल भर्ना गरिएको छ।
प्रकाशन मिति–२०७७ जेठ १ गते विहीवार ।