काठमाडौ। डा.गोविन्दकेसीले नवौं आमरण अनसनलाइ शुक्रवार राती दशै सम्मको लागिदशैंको समय अनसन जारी राख्दा आम नागरिकहरुको पर्व खल्लो हुनसक्ने सम्भावनालाई ध्यानमा राख्दै दशैंभरको लागि अनसनको कार्यक्रम स्थगित गरेको जनाएका छन्।

DR.Govinda KC.jpg1

आम नेपालीको गुणस्तरीय, सर्व सुलभ स्वास्थ्य शिक्षा र सेवाको अधिकार प्राप्तिको प्रकृयामा सरकार र सांसद उदासिन रहेको जनाउदै डा.केसीले चार बुँदे मागसहित त्रिवि शिक्षण अस्पताल हातामा अनसन शुरु गरेका थिए। यस अघि समेत सातौं पटक आमरण अनसन थाल्दा मधेश आन्दोलन चरम स्थितिमा पुगेपछि डा.केसीले यसलाई स्थगित गरेका थिए।

Dr. Gobinda KC

हालसम्म डा.केसीद्वारा गरिएको ७ वटा अनसनहरु सरकारवाट विभिन्न सम्झौता भएपछि तोडिएको हो। डा.केसीले आफू १२ दिन देखी अनसनमा रहँदाको अवधिमा राज्य पक्षबाट देखिएको चरम संवेदनविहीनता, गैर जिम्मेवारीपन र लाचारी सबैसामू प्रस्ट भएको जनाएका छन्।

झण्डै ६ सय व्यक्ति सदस्य रहेको संसदमा भ्रष्ट र माफिया भएको प्रमाणित भइसकेको अख्तियार प्रमुख लोकमानसिंह कार्की माथि महाभियोगको संसदीय प्रक्रिया अघि बढाउन आवश्यक तीन संख्या पनि नपुग्नु मुलुकको लोकतन्त्रकै लागि लज्जाको विषय रहेको जनाएका छन्।

Dr. Govinda KC 1

गत आठ महिना देखि चिकित्सा शास्त्र अध्ययन संस्थानको डिन नियुक्ति हुन नसक्नुले राजनीतिक भागवण्डा र दलालीबाट आएका विश्वविद्यालयका पदाधिकारीहरु र सम्बन्धित मन्त्रीको निकम्मापन र नालायकी देखाएको समेत उनले जनाएका छन्।

चिकित्सा शिक्षा ऐन संसदमा पेश गर्ने बेला जानी जानी हामीले आफूहरुले उठाउदै आएका धेरै कुराहरु नसमेटिंदा त्यो विद्यार्थी मुखी र जनतामुखीहुन नसकेको जनाउदै डा.केसीले अघिल्लो साल मात्र तोकिएको मेडिकल शिक्षाको शुल्क झण्डै दोब्बर हुने गरी निजी मेडिकल कलेजका प्रतिनिधिहरु सम्मिलित कथित समितिले बनाएको प्रतिवेदन लागू गरेर पाच अर्ब रुपैया सम्म विद्यार्थी र अभिभावकबाट लुट्ने प्रपञ्च भइरहेको दावी गरेका छन्।

DR.Govinda KC

स्वास्थ्य मन्त्री गगन थापाले मन्त्रालयमा गत विहीवार गरेको पत्रकार सम्मेलनमा समेत डा.केसीलाइ अनसन स्थगित गर्न आग्रह गरेका थिए। उनले उठाएको धेरै माग पुरा भएको र केही माग पुरा गर्ने प्रकृयामा रहेको भन्दै थापाले त्यसको लागि केहि समय पर्खिन आग्रह गरेका थिए।
प्रकाशन मिति–२०७३ साल असोज २१ गते शुक्रबार ।