काठमाडौं। कोटेश्वरको दीपनगरमा बसोवास गर्ने नेवार समुदायका महिला दिदीबहिनीहरुको दीपनगर नेवाः मिसा पुचःले बेलाबखतमा विभिन्न कार्यहरु गर्दैआएको छ।

महिला दिदीबहिनीहरुको स्तरोन्नति लगायतका कार्यहरुमा सक्रिय दीपनगर नेवाः मिसा पुचःले यो हप्ता महिला दिदीबहिनीहरुलाई खोपासी भ्रमण गराएको छ।

खोपासीको महत्व र त्यहांका स्थानीय महिला दिदीबहिनीहरुले गरेको विभिन्न कार्यहरुको स्थलगत अवलोकन गराउने कार्य पनि भएको दीपनगर नेवाः मिसा पुचःकी सदस्य तरीमैचा चक्रधर अवालले भनेकी छन्।
प्रकाशन मिति–२०७६ साल साउन १० गते शुक्रवार ।